९ मंसिर , काठमाण्डौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई जना चिनियाँ महिला पक्राउ ।
हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौँ आइपुगेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको जानकारी ।

मंगलबार राति करिब सवा ११ बजे काठमाडौँ ओर्लिएका ती महिलाहरूको गतिविधि शङ्कास्पद देखिएपछि चेकजाँच गरिएकोमा उनीहरूले प्लास्टिकले बेरेर आफ्नो मलद्वार तथा भित्री वस्त्रभित्र लुकाई–छिपाई ल्याएको अवस्थामा आठ थान गोलाकार अर्धठोस पदार्थ फेला ।
भन्सार क्षेत्र पार गरेर बाहिर निस्कने क्रममा प्लास्टिकको ¥यापसहित दुई किलो ३४८ ग्राम तौल भएको उक्त वस्तु बरामद गरिएको प्रहरीको भनाइ ।
पक्राउ पर्नेहरूमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेको जानकारी ।
तीमध्ये लिनाको साथबाट एक हजार ३४० ग्राम तौल भएका पाँच थान र सिनपिङको साथबाट एक हजार आठ ग्राम तौल भएका तीन थान सुनजस्तो देखिने गोलाकार अर्धठोस पदार्थ बरामद ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाउने तयारी गरिएको प्रहरीको भनाइ ।



