देशभर मौसम मुख्यतया सफा रहने

९ मंसिर २०८३, बुधबार
Share this
741shares

९ मंसिर , काठमाण्डौ ।

Advertisement

हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल ।

Advertisement

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ भने बाँकी पहाडी तथा तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने ।

त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना रहदा देशका अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान ।

बिहानपख उपत्यका तथा खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको उल्लेख ।

बिहानको समयमा हुस्सु तथा कुहिरोका कारण सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top