९ मंसिर , काठमाण्डौ ।यतिबेला प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएको भनिएको भन्दै एउटा भ्रामक हल्लासहितको भिडिओ सनसनी पूर्ण रुपमा फैलाइदैछ । दुई दिने भारत भ्रमण गरेका बालेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिलेर सोमबार दिउँसो संयुक्त सम्बोधन गरेका थिए । त्यसपछि हिन्दी भाषामा तयार पारिएको एक भिडिओ रिपोर्ट सामाजिक सञ्जालमा निकै भाइरल बनेको हो । उक्त भिडिओमा नेपाल चिकेन नेक वरपरको लगभग १५० किलोमिटर लामो रणनीतिक क्षेत्र भारतलाई दिन सहमत भएको दाबी गरिएको छ ।
भिडिओमा भारतीय पत्रकार सुधीर चौधरीले उक्त सामग्री प्रस्तुत गरेको जस्तो देखाइएको छ । तर उक्त भिडिओ मिथ्या (फेक) रहेको पाइएको छ । सुधीर चौधरी कार्यरत डीडी न्युजमा यस्तो कुनै सामग्री प्रसारित नभएको अवस्थामा उनको प्रस्तुति र आवाज प्रयोग गरी एआईमार्फत तयार पारिएको सामग्रीबाट मिथ्या सूचना फैलाइएको हो । साथै, भिडिओमा दाबी गरिए जस्तो नेपालले आफ्नो कुनै पनि जमिन भारतलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको आधिकारिक जानकारी सार्वजनिक भएको छैन । यस्तोमा एआईको प्रयोग गरी नेपाली जमिन भारतले लिन लागेको भन्दै मिथ्या सूचना फैलाइएको तथ्य यस जाँचबाट पुष्टि भएको हो ।भारतका चर्चित पत्रकार सुधीर चौधरीको आवाज र दृष्यमा एआईबाट भिडियो बनाएर भारतको अति रणनीतिक भूमि चिकेन नेक फराकिलो बनाउँन १५० किलोमिटर जमिन नेपालबाट किनेको र नेपाललाई त्यति नै जमिन अरु स्थानमा दिने वा विकासमा सघाउने प्रस्तावमा प्रधानमन्त्री बालेन शाहलेपनि स्वीकार गरेको भन्दै अत्यन्तै मिथ्या सूचना बनाइएको छ । त्यही भिडियो, त्यस्तै डिजाइनका तस्वीरहरु र शब्दहरु अहिले सर्वत्र फैलाइदैछ । यो अत्यन्तै मिथ्या । साइबर अपराध मात्र हैन देश वि’रुद्धको अप’राध हो । नेपाल वा भारतको कुनै पनि आधिकारिक सरकारी निकाय, परराष्ट्र मन्त्रालय वा संयुक्त विज्ञप्तिमा यस्तो कुनै सम्झौता वा जमिन खरिद–बिक्रीको पुष्टि भएको छैन।
हालै सामाजिक सञ्जाल र अनलाइन भिडियोहरूमा भारतको चिकेन नेक (सिलिगुडी करिडोर) फराकिलो बनाउन नेपालको १५० किलोमिटर भूभाग किनेको वा साटेको भन्ने सनसनीपूर्ण दाबीहरू भाइरल भइरहेका छन्। यी दाबीहरूको कुनै विश्वसनीय आधिकारिक आधार छैन। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण र त्यसपछिको संयुक्त वक्तव्यमा कनेक्टिभिटी, ऊर्जा, रेलमार्ग, पेट्रोलियम पाइपलाइन र सीमा स्तम्भ मर्मत तथा विद्यमान सीमा संयन्त्रमार्फत सीमा मुद्दा समाधान गर्ने विषय उल्लेख छन्, तर कुनै भूभाग खरिद वा हस्तान्तरण गर्ने कुरा छैन।
नेपाल र भारतबीच सिमानाका क्षेत्रहरूमा रहेका अ’तिक्रमण र क्रस–बोर्डर अकुपेसन (एकअर्काको भूमि प्रयोग भइरहेको अवस्था) को संयुक्त प्राविधिक सर्वेक्षण र नक्साङ्कन गर्ने सहमति भएको छ। यति मात्र हैन, १५० किलोमिटर नेपाली जमिन भारतलाई बेचिएको वा किनेको कुरा निराधार र भ्रा’मक हल्ला मात्र हो। किनकी सिलिगुडी करिडोरबाट १५० किलोमिटर चीनको तिब्बतसम्म पुग्छ ।सामारिक हिसाबले चिकेन नेक भनेर चिनिने नेपाल, भारत, चीन र बंगलादेशबीच करिब नजिक–नजिक पर्ने कुखुराको घाँटी जस्तो भूमि विश्वकै लागि रणनीतिक हो भन्ने गरिन्छ । बंगलादेशतर्फबाट नेपाल, भारत र चीनतर्फ द’वाव बढाउन अमेरिका सक्रिय रहेको, नेपालको सीमा नजिक युद्धपोत जस्तै बनाएर भारतले चीनलाई दवावमा राखेको र तिब्बतबाट भारत, नेपाल, बंगलादेशलाई चीनले ठेगान लगाउन सक्ने दुरी भएकाले त्यही तयारी भइरहेको चर्चा परिचर्चाको भने सत्य हो ।तर यस्तो संवेदनशील समयमा नेपालको भूमि नै भारतले किनेको भनेर हल्ला चलाइनु अति संवेदनशील विषयमा हल्का लिइएको मात्र हैन देशविरुद्धको गम्भीर अपराध गरिएको छ ।

उता यो अफवाहका बीच नेपालबारे चासो राख्ने भारतीय कुटनीतिक मामिला विज्ञ प्राध्यापक एसडी मुनीले भारतले बागडोगराका लागि नेपाली आकाश प्रयोगको अनुमति माग्ने कुरा चीनसँग सम्बन्धित रहेको दाबी गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्— ‘बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्ने भारतको माग चीनको सन्दर्भमा भारतको सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया परीक्षण गर्ने उद्देश्यले गरिएको थियो।’प्रधानमन्त्री शाहको दुईदिने औपचारिक भारत भ्रमण सम्पन्न भएसँगै सोसल मिडिया एक्समार्फत प्राध्यापक मुनीले भ्रमण बाहिरी प्रचारप्रसार वा ‘अप्टिक्स’ र वाचाका हिसाबले उत्कृष्ट रहे पनि ठोस विषयवस्तुमा अपेक्षित स्तरमै सीमित रहेको बताएका छन् ।
प्राध्यापक मुनीले भनेका छन्–बालेनको भारत भ्रमण बाहिरी आकर्षण (अप्टिक्स) र वाचाका हिसाबले उत्कृष्ट रह्यो, ठोस विषयवस्तुमा अपेक्षित स्तरकै रह्यो । यसमा कुनै ठूलो ‘ब्रेक थ्रु’ भएन, तर मूर्त परिणामहरू दुवै पक्षलाई स्वीकार्य खालका रहे । भ्रमणका क्रममा दुई देशबीच सार्वजनिक गरिएको दीर्घकालीन भिजन डकुमेन्ट (समृद्ध नेपाल, समुन्नत भारत) प्रति सङ्केत गर्दै मुनीले यसलाई भारतको कूटनीतिक अस्त्र टुलकिटको संज्ञा दिएका छन् । उक्त दस्तावेजको कार्यान्वयन भने आगामी दिनमा विकसित हुने राजनीतिक परिस्थितिमा भर पर्ने उनको विश्लेषण छ ।
यस्तै अर्को पोस्टमा मुनीले भारतको बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्न गरिएको मागलाई चीनसँग जोडिएको भारतीय सुरक्षा संवेदनशीलतासँग जोडेर व्याख्या गरेका छन्। भारतले उक्त मागमार्फत चीनको सन्दर्भमा आफ्नो सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया जाँच्न खोजेको उनको दाबी छ। ‘बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्ने भारतको माग चीनको सन्दर्भमा भारतको सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया परीक्षण गर्ने उद्देश्यले गरिएको थियो,’ मुनीले लेखेका छन्, ‘कम्तीमा अहिलेका लागि नेपाल त्यस सन्दर्भमा सहकार्य गर्न तयार देखिँदैन।’ प्रधानमन्त्री शाह भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका हुन्। भ्रमणका क्रममा दुवै देशबीच संयुक्त भिजन डकुमेन्ट जारी भएको थियो। भ्रमणअघि नेपालले भैरहवाका लागि थप हवाई प्रवेश बिन्दु मागिरहँदा भारतले बागडोगरा उडानका लागि पूर्वी नेपाली आकाश प्रयोगको अनुमति खोजेको विषयले कूटनीतिक वृत्तमा चर्चा पाएको थियो।तर पछि भारतीय पक्षले बागडोगराका लागि सैन्य विमान उडान गर्न रुट नमागेको दाबी गरेको थियो ।
बालेनको भ्रमणका क्रममा भारतले भैरहवा र पोखरा विमानस्थलका लागि नयाँ हवाइ रुट दिने र नेपालले भारतलाई बागडोगरा विमानस्थलका लागि नेपाली आकाश दिने सहमति हुने दाबी गरिएका खबर आइरहेका थिए । लगत्तै ६ गते भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको थियो । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत रहेको भारतीयपक्षले दाबी गरेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको थियो ।
‘त्यस्तो कुनै प्रस्ताव छैन,’ भारतीय स्रोतले आइतबार एएनआईसँग सैन्य विमान सञ्चालनका लागि नेपालसँग अनुमति मागिएको भन्ने समाचारको खण्डन गरेको थियो । प्रधानमन्त्री शाह भारत भ्रमणमा जानुअघि नेपालले भैरहवा र महेन्द्रनगरको हवाई प्रवेश बिन्दु मागेको थियो। त्यसको सट्टामा भारतले नेपालसँग बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोगको अनुमति चाहेको थियो। महेन्द्रनगरको हवाइ रूट भारतले दिएन। बागडोगराका लागि नेपालले अफ्नो अकाश दिन सहमत भएन। यद्यपि मुनी कुटनीतिक मामिलाका जानकार प्राध्यापक हुन् तर भारत सरकारका आधिकारिक अधिकारी होइनन्।



