९ मंसिर , काठमाण्डौ ।
धुलिखेल अस्पतालमा १० शैयाको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा, नबिल बैंक र धुलिखेल अस्पतालबीच जलनबाट पीडित बिरामीको उपचार, पुनर्लाभ र पुनस्र्थापना सेवा विस्तार गर्ने सम्झौता।
नबिल केयरमार्फत बैंकको सहयोगमा स्थापना गरिएको वार्डले जलेका बिरामीलाई विशेष तथा गुणस्तरीय उपचार उपलब्ध गराउने।

नेपालका अन्य प्रदेशमा समेत जलन उपचार सेवा विस्तार र पहुँच सुधार गर्ने दुवै संस्थाको प्रतिबद्धता।



