सचिनको कीर्तिमान नजिक कोहली,तोडिएला त सचिनको कीर्तिमान ?

६ कात्तिक ७५, बुधबार

एजेन्सी,कात्तिक ७
एकदिवसिय क्रिकेटमा सचिन तेन्दुलकरले बनाएको कीर्तीमानलाई तोड्न विराट काहली नजिक पुगेका छन् ।अष्ट्रेलियाविरुद्ध सन् २००१ मा शेन वार्नको बलिङ्गमा लङ्अफमा ड्राइभ प्रहार गर्दै सचिन तेन्दुलकरले क्रिकेट इतिहासमा नँया किर्तिमान लेखाएका थिए ।

एकदिवसिय क्रिकेटमा १० हजार रन प्रहार गर्ने पहिलो खेलाडीको रुपमा सचिनले आफुलाई स्थापित गरे ।त्यसको १७ वर्षपछि सम्म अन्य ११ ब्याट्सम्यानहरुले १० हजार रन बनाएका छन् । तर सबै भन्दा छोटो समयमा यस उपलब्धि हासिल गर्ने कीर्तिमान १७ वर्षसम्म पनि सचिनकै नाममा छ। तर विशाखापटनममा वेस्ट इण्डिजविरुद्ध उत्रदै गरेका भारतीय कप्तान विराट कोहलीले यसै खेलमा कीर्तिमान भंग गर्न सक्छन।

अष्ट्रेलियाविरुद्ध मार्च २००१ मा करियरको २ सय ५९ औं इनिङ्ग्समा सचिनले १० हजार रन पुरा गर्दै एकदिवसिय क्रिकेट इतिहासकै पहिलो खेलाडी बनेका थिए । सचिनले त्यो किर्तिमान बनाएको ७ वर्ष पछि, २००८ मा भारतीय टोलीबाट डेब्यू गरेका कोहली सचिनको त्यस कीर्तिमान सुधार्न नजिक छन् ।

Advertisement

वेस्ट इन्डिजविरुद्ध पहिलो ओडिआईमा १ सय ४ बलमा १ सय ४० रन बनाएका कोहलीले आज दोस्रो खेलमा पनि त्यो लयलाई कायम राखे उनले सचिनको किर्तिमान भंग गर्नेछन् । कोहलीको आज २ सय १३ खेलमा २ सय ५ औं इनिङ्ग्स हुनेछ । उनले यति छोटो समयमै ९ हजार ९ सय १९ रन बनाएका छन् । मतलब कोहलीलाई कीर्तिमान बनाउन अब जम्मा ८१ रन आवश्यक छ । उनले आज नसकेपनि अन्य इनिङ्ग्समा सचिनको यो किर्तिमान तोड्ने निश्चित जस्तै छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top