१० मंसिर , काठमाण्डौ ।
इजिप्टको राजधानी कायरोस्थित रिङ रोडमा तेल बोकेको ट्यांकर विस्फोट भएर भीषण आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जनाभन्दा बढी घाइते ।
बुधबार तीव्र गतिमा रहेको तेल ट्यांकर अनियन्त्रित भई सडकमा पल्टिएपछि विस्फोट भएको र त्यसलगत्तै आगलागी सुरु भएको उल्लेख ।

आगो तीव्र गतिमा फैलिँदा नजिकै रहेका दुई दर्जनभन्दा बढी सवारीसाधनसमेत जलेर नष्ट ।
इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पु¥याइएको छ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका । दुर्घटनापछि उद्धार तथा राहत कार्यका लागि ३९ वटा एम्बुलेन्स परिचालन ।



