साउदीको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण

१० मंसिर २०८३, बिहीबार
Share this
711shares

१० मंसिर , काठमाण्डौ । 

Advertisement

यमनका हुथी विद्रोहीहरूद्वारा साउदी अरेबियाको प्रमुख तेल प्रशोधन केन्द्र र राजधानी रियादको वित्तीय जिल्लामा आक्रमण गरेको दाबी ।

बीबीसी फारसीका अनुसार हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले रास तनुरा तेल प्रशोधन केन्द्रमा आक्रमणपछि आगलागी भएको बताए ।

Advertisement

रियादको वित्तीय जिल्लालाई तीन चरणमा निसाना बनाइएको समेत दाबी । रास तनुरा साउदी अरेबियाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हो।

यो देशको प्रमुख कच्चा तेल निर्यात केन्द्रमध्ये एक मानिन्छ। यसअघि साउदी नेतृत्वको गठबन्धनले आफ्नो वायु रक्षा प्रणालीले पूर्वी प्रान्तको रास तनुरा क्षेत्रनजिकै चारवटा ड्रोन रोकेर नष्ट गरेको जनाएको थियो। उ

क्त क्षेत्रमा धुवाँको मुस्लो देखिएको उपग्रह तस्बिर समाचार संस्था रोयटर्सले गर्यो सार्वजनिक ।सार्वजनिक तस्बिरअनुसार कालो धुवाँले ढाकेको क्षेत्र करिब ६०० वर्ग किलोमिटर रहेको अनुमान ।

यद्यपि, हुथी विद्रोहीले गरेको आक्रमणसम्बन्धी दाबी र त्यसबाट भएको क्षतिको स्वतन्त्र पुष्टि हुन बाँकी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top