नबिल बैंक– धुलिखेल अस्पतालको सहकार्यः १० शैय्याको जलन उपचार वार्ड सुरु

१० मंसिर २०८३, बिहीबार
Share this
764shares

१० मंसिर, काठमाण्डौ ।

Advertisement

नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालको सहकार्यमा धुलिखेल अस्पताल परिसरमा १० शय्याको ’नबिल बर्न केयर वार्ड’ स्थापना भएको छ ।

विशिष्टीकृत जलन उपचार तथा पुनस्र्थापना सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले संचालनमा आएकोअ वार्डको मंगलबार बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी र अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले संयुक्त रूपमा वार्डको उद्घाटन गरेका थिए ।

Advertisement

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ’नबिल केयर’ अन्तर्गत बनेको वार्डले जलनका बिरामीलाई विशेषज्ञतायुक्त उपचार, शल्यक्रिया, दीर्घकालीन पुनस्र्थापना र मनोसामाजिक परामर्श सेवा दिनेछ।

बैंकले यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा निःशुल्क जलन शल्यक्रिया शिविर सञ्चालन गरेको थियो ।

यस वार्डमार्फत सोही अभियानलाई संस्थागत रूप दिइएको हो ।

’जलनका बिरामीले लामो र चुनौतीपूर्ण स्वास्थ्य लाभको यात्रा तय गर्नुपर्छ,’ अध्यक्ष चौधरीले भने, ’सीमित स्वास्थ्य पूर्वाधारका कारण कुनै पनि परिवार गुणस्तरीय उपचारबाट वञ्चित हुनुहुँदैन ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीका अनुसार यस अघिका शिविरबाट देशभरका करिब ५०० जलन प्रभावितले सेवा पाएका छन् ।

उनले यो सुविधा बिरामी र परिवारका लागि उपचार, आशा र सम्मानको केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top