१० मंसिर, काठमाण्डौ ।
काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ ।
काठमाडौं प्रहरी परिसरका अनुसार ठमेलस्थित स्नोलाइन होटलमा अवैध रकम लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले मंगलबार दिउँसो छापा मार्दा रकमसहित दुईजना पक्राउ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच गर्दा नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमानका ४ हजार २१५ रियाल र संयुक्त अरब इमिरेट्स (यूएई) का ५५ दिराम फेला ।
पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेको प्रहरीको भनाइ ।
उनीहरूलाई नियन्त्रणमा लिएर रकमको स्रोत र घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले दिए जानकारी ।



