सरकारले उखुको मूल्य निर्धारण गर्ने तयारी गरेपछि किसानले दिए आन्दोलनको चेतावनी

१० मंसिर २०८३, बिहीबार
Share this
725shares

१० मंसिर, काठमाण्डौ ।

Advertisement

सरकारले चालु सिजनका लागि एक पक्षीय रूपमा उखुको न्यूनतम खरिद मूल्य निर्धारण गर्ने तयारी अघि बढाएपछि किसानले दिए आन्दोलनको चेतावनी ।

किसानको सहमतिबिनै सरकारले उखुको मूल्य निर्धारण गरे चिनी उद्योग बन्द गरेर आन्दोलनमा जाने उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु यादवको भनाइ ।

Advertisement

उखुको मूल्य निर्धाण गर्न यही मंसिर ३ र ४ गते कृषि मन्त्रालयमा देशैभरिका किसान प्रतिनिधि र उद्योगीबिच छुट्टाछुट्टै वार्ता हुँदा कृषिमन्त्रालयका कर्मचारीले उखुको मूल्य गत वर्षभन्दा प्रतिक्विन्टल ३० रुपैयाँ वृद्धि गर्न प्रस्ताव गरेको तर, आफूहरूले त्यसमा असहमति जनाएको यादवको दिए जानकारी ।

गत वर्ष किसानले सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानबाहेक उद्योगबाट उखुको मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ पाएका थिए ।

सरकारले दिने अनुदानसहित गत सिजनमा उखुको मूल्य ६ सय ९० रुपैयाँ कायम भएकोमा यस वर्ष उद्योगीले किसानलाई प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ दिने र सरकारी अनुदान ७० रुपैयाँसहित किसानले प्रतिक्विन्टल ७ सय २० रुपैयाँ मूल्य पाउने कृषि मन्त्रालयको प्रस्ताव ।

तर किसानले भने यस वर्ष चिनीको मूल्य वृद्धिको आधारमा उखुको न्यूनतम खरिद मूल्य १ हजार २५ रुपैयाँ हुनुपर्ने भन्दै राखे माग ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top