१० मंसिर, काठमाण्डौ ।
जाजरकोट जिल्ला अस्पतालमा गिरिजाप्रसाद कोइराला फाउण्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को समन्वयमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा एकै दिन २ हजार १५ जनाले गराए स्वास्थ्य परीक्षण ।
शिविरमा १६५ जनाको ईसीजी, ३९८ जनाको भिडियो एक्सरे, १८३ जनाको प्रयोगशाला परीक्षण र १२९ जनाको इको परीक्षण गरिएको , त्यस्तै, २९ जनाको दाँत निकालिएको छ भने थप उपचार आवश्यक देखिएका १६२ जनालाई काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको जानकारी ।

शिविरमा फाउण्डेसनका सभापति डा.सुनीलकुमार शर्मा स्वयं बिरामीको स्वास्थ्य अवस्था बुझ्न खटिएका थिए ।
दुई दिन लगाएर १८ कोस टाढाबाट स्वास्थ्य परीक्षण गराउन आएकी एक वृद्ध आमाले डा. शर्मालाई आफ्नै सातौँ छोरा बनाएको भन्दै दिएको आशीर्वादले शिविरको वातावरण नै भावुक ।
स्थानीय महिलाहरूले डा. शर्मालाई कटुस उपहारसमेत दिएका थिए।
फाउण्डेसन र केएमसीले कर्णालीका दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले डोल्पा, रुकुम पश्चिम र सल्यानमा समेत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरेको डां शर्माको भनाइ ।



