३ जिल्लामा ८ बिघाभन्दा बढी गाँजा खेती नष्ट

११ मंसिर २०८३, शुक्रबार
Share this
813shares

११ मंसिर , काठमाण्डौ ।

Advertisement

बागमती प्रदेशका मकवानपुर, धादिङ र सिन्धुली जिल्लामा अवैध रूपमा लगाइएको ८ बिघा ५ कठ्ठा क्षेत्रफलको गाँजा खेती प्रहरीले गर्यो फडानी ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार मंसिर १ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिएको एक साताको अभियानमा तीन जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा खेती नष्ट गरियो।

Advertisement

लागूऔषध नियन्त्रण तथा विशेष कारबाही कार्ययोजना–२०८२ अनुसार चाडपर्वपछि लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै प्रहरीले खेती फडानी गरेको जानकारी।

प्रहरीका अनुसार सबैभन्दा धेरै मकवानपुरमा ५ बिघा क्षेत्रफलको गाँजा खेती नष्ट गरिदा, धादिङमा २ बिघा १२ कठ्ठा र सिन्धुलीमा १३ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरियो ।

अभियानका लागि मकवानपुरमा ५०, धादिङमा २० र सिन्धुलीमा २५ गरी कुल ९५ जना प्रहरी परिचालन ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रहरीले उच्च जोखिम क्षेत्र पहिचान गरी गाँजा खेती फडानी, निगरानी र नियन्त्रण अभियानलाई निरन्तरता दिदै।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top