११ मंसिर , काठमाण्डौ ।
नेपाली बजारमा पछिल्लो समय घटबढ हुँदै आएको सुनचाँदीको मूल्य फेरि उकालो लाग्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले वृद्धि भई २ लाख ४६ हजार १०० रुपैयाँ पुग्यो ।

यसअघि बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेर ३ हजार १९५ रुपैयाँ कायम ।
बिहीबार चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।





