१३ मंसिर , काठमाण्डौ ।
पाँच रुपैयाँ दरका १५ करोड थान नयाँ सिक्का बजारमा ल्याउने नेपाल राष्ट्र बैंकको तयारी ।
यसका लागि केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानी गर्न अन्तर्राष्ट्रिय कम्पनीबाट शिलबन्दी बोलपत्र आह्वान ।

राष्ट्र बैंकका अनुसार बोलपत्रमा पूर्वयोग्य ठहरिएका अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूले मात्र सहभागिता जनाउन पाउने ।
प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्ने ।
इच्छुक कम्पनीले २० हजार रुपैयाँ वा सो बराबरको विदेशी मुद्रा तिरेर डिसेम्बर २८ सम्म बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्ने । यसबारे जानकारी दिन डिसेम्बर ११ मा राष्ट्र बैंकको थापाथली कार्यालयमा पूर्वबोलपत्र बैठक आयोजना हुने ।
बोलपत्र पेस गर्ने अन्तिम म्याद डिसेम्बर २९ गते दिउँसो १२ बजेसम्म ।
प्राप्त प्रस्ताव सोही दिन दिउँसो १ बजे खोलिने ।
प्रतिस्पर्धामा सहभागी कम्पनीले कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा अथवा नेपाली रुपैयाँको बैंक धरौटी पेस गर्नुपर्ने ।
उक्त धरौटी बोलपत्र पेस गरेको मितिबाट १५० दिनसम्म मान्य हुनुपर्ने राष्ट्र बैंकको भनाइ ।



