शेयर बजार करीब नौ अङ्कले घट्यो

७ कात्तिक ७५, बिहीबार

काठमाडौँ, कात्तिक ८
धितोपत्र बजारमा शेयरको मूल्य आज आठ दशमलब ८२ बिन्दुले घटेको छ । बुधबार बढेर केही राहत दिएको भए पनि आज भने घटेर नयाँ बिन्दुमा पुगेको हो ।

Advertisement

कारोवार मापक नेप्से परिसूचक करीब नौ अङ्कले घटेर एक हजार २४१ दशमलब ११ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत दुई दशमलब १८ बिन्दुले घटेर २६४ दशमलब ०१ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १५६ कम्पनीको नौ लाख ४८ हजार ५९३ कित्ता शेयर रु २७ करोड ७१ लाख ८२ हजार ८९८ मूल्यमा खरीद बिक्री भएको छ ।कारोवार भएका कूल दश उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ ।

Advertisement

उत्पादन समूह ४९ दशमलब ५६ बिन्दुले बढ्दा बैंकिङ नौ दशमलब ४३, होटल ३६ दशमलब ९४, विकास बैंक तीन दशमलब ६२, जलविद्युत् ११ दशमलब शून्य ६, वित्त दुई दशमलब २३, निर्जीवन बीमा ४० दशमलब २४, अन्य नौ दशमलब २७, माइक्रोफाइनान्स ६ दशमलब ४५ र जीवन बीमा १२ दशमलब ३९ बिन्दुले घटेको छ ।

छ्याङदी हाइड्रोपावर, कन्काई विकास बैंक, युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने बरुण हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रो पावर कम्पनी र समता माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले भने आज गुमाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top