फिफा वरियता : नेपाल १ स्थान तल झर्यो

एजेन्सी,कात्तिक ८
फिफा वरियतामा नेपाल अघिल्लो महिनाको तुलनामा १ स्थान तल झर्दै १ सय ६१ औं स्थानमा पुगेको छ । फिफाले बिहीबार जारी गरेको पुरुष टोलीको अक्टुबरको वरियतामा नेपाल झरेको हो ।

नेपालले पछिल्लो दुई महिनामा खेलेका २ अलग अलग प्रतियोगिता र ६ अन्तर्राष्ट्रिय खेलमा २ जितेको र बाँकी खेल गुमाएको थियो ।बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपको सेमिफाइनल सम्मको यात्रा तय गर्ने क्रममा नेपालले २ खेल जितेको थियो भने २ खेल गुमाएको थियो ।

सेप्टेम्बरमा भएको प्रतियोगितामा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएपनि समूह चरणका त्यसपछिका दुई खेलमा भुटानलाई ४–० र बंगलादेशलाई २–० ले हराएको थियो । सेमिफाइनलमा भने नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो ।

अक्टुबरको सुरुवातमा बंगलादेशमै भएको बंगबन्धु गोल्डकपमा भने नेपालले समूह चरणका दुवै खेल गुमाएको थियो । ताजकिस्तानसँग २–० ले पराजित नेपालले अर्को खेल प्यालिस्टानसँग १–० ले गुमाएको थियो ।

फिफा बरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने विश्व कप विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो र इङ्ल्यान्ड पाँचौं स्थानमा छ । उरुग्वे, पोर्चुगल, स्विट्जरल्यान्ड, स्पेन र डेनमार्क क्रमश स् छैटौं देखि दसौं स्थान सम्म छन् ।

दक्षिण एसियाली राष्ट्रको वरियतामा भारत शीर्षस्थानमा छ । भारत फिफा वरियताको ९७ औं र माल्दिभ्स १ सय ५१ औं स्थानमा छ । दक्षिण एसियाका अन्य राष्ट्र नेपाल भन्दा पछि रहेका छन् । भुटान १ सय ८८ औं, बंगलादेश १ सय ९४ औं, पाकिस्तान १ सय ९९ औं र श्रीलंका २ सय एकौं स्थानमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top