लोकप्रियताका लागि सरकारले काम गर्देन : कानुन मन्त्री ढकाल

९ कात्तिक ७५, शनिबार

विराटनगर, कार्तिक ९
कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकारले लोकप्रियताका लागि मात्रै काम नगर्ने बताएका छन् । उनले अघिल्ला सरकारहरुले कहिले ढल्ने हो भन्ने चिन्तामा हतारमा लोकप्रिय हुन काम गर्ने गरेको बताउँदै उनले अहिले सरकारले लोकप्रियताका लागि मात्रै काम नगर्ने उल्लेख गरे ।

विराटनगरस्थित नेपाल कम्युनिष्ट पार्टी मोरङको पार्टी कार्यालयमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले सरकारले आफ्नो गतिमा काम गरिरहेको पनि बताए ।

Advertisement

दिगो सरकार नहुदा हचुवाका भरमा सस्तो लोकप्रियताका लागि कामहरु गरिने हुदा त्यसको परिणाम खासै राम्रो नहुने बताउँदै मन्त्री ढकालले अहिले सरकार दिगो विकासमा लागि परेको बताए ।

पाँच वर्ष स्थिर सरकार भएकाले छिटो लोकप्रिय हुन भन्दापनि सुविस्ताका साथ योजनाबद्ध ढंगबाट काम गरिने उनले बताए । निर्वाचनका बेला गरिएका प्रतिबद्धता भन्दापनि अझै प्रभावकारी ढंगबाट सरकारले काम गर्ने उनको भनाइ थियो ।

Advertisement

कार्यक्रममा मोरङको रतुवामाइ नगरपालिका वडा नम्बर चारका वडा अध्यक्ष भीमराज राजवंशी नेकपामा प्रवेश गरेका थिए । नेपाली कांग्रेसबाट विजयी भएका उनलाई कानुन मन्त्री ढकाल, नेकपाका केन्द्रीय महेश रेग्मी, नेकपाका नेता ऋषिकेष पोखरेल लगायतले पार्टीमा स्वागत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top