NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका शुक्रबार कार्तिक २१ , २०८२
१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ? शुक्रबार कार्तिक २१ , २०८२
‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी शुक्रबार कार्तिक २१ , २०८२
विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने बिहिबार कार्तिक २० , २०८२
जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद् बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

जसले #MeToo अभियानको सुरुवात गरिन्

शनिबार कार्तिक १० , २०७५
Reading Time: 1 min read
A A
जसले #MeToo अभियानको सुरुवात गरिन्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, कात्तिक १०
अहिले संसारभरी मिटू एउटा अभियान चर्चित छ । यौन दुर्व्यवहार गर्नेविरुद्ध बालिका र महिलाहरुले यो अभियानमार्फत् संसारभरी नै कुरा खोलिरहेका छन् ।

त्यसका कारण सयौंको संख्यामा मानिसहरुको जागिर समेत गइसकेको छ । अहिले यो अभियान संसारभरी घरघरको चासोको विषय भइरहेको छ । नेपालमा पनि यो प्रकरणमा छिटपुट कुरा उठेका छन् ।

तर, बाहिरी विश्वमा जति उठेका छन् र परिणाम नै ल्याएका छन, त्यति भने भइसकेको छैन । खुला समाज भएको पश्चिमी दुनियाँ मात्र होइन, कम्युनिष्ट देशका रुपमा चिनिने चीन र मुश्लिम देशका बन्द समाजमा पनि यसको चर्चा भइरहेको छ ।

LS Auto

छिमेकी भारतमा विदेश राज्यमन्त्रीले हालै राजीनामा दिनुपर्ने अवस्था आयो भने त्यहाँका थुप्रै कलाकारदेखि पत्रकारसम्म पनि यो मुभमेन्टमा तानिएका छन् । संसारकै सरकारी तथा गैरसरकारी निकायमा पनि यसको प्रभाव उत्तिकै परिरहेको छ ।

यो अभियानको जति चर्चा छ, यसको पछाडिका एक जना पात्रको बारेमा भने निकै कमलाई मात्रै जानकारी हुन सक्छ । उनी हुन— तारना बुर्के । बुर्केले नै यो अभियानको क्वाइन गरेकी हुन् । बुर्के एक नागरिक अभियन्ता हुन् । जसले सन् २००६मा मिटू अभियानको सुरु गरेकी थिइन् । जुन अहिले आएर यौन दुर्व्यहार विरुद्धको विश्वव्यापी अभियान नै बनेको छ । यो अभियान सन् २०१७ बाट उत्कर्षमा आएको हो ।

बुर्के को हुन् ?

तारना बुर्केको जन्म सन् १९७३ को सेप्टेम्बर १२ मा अमेरिकाकोे न्यूयोर्कमा भएको थियो । उनी अफ्रिकी —अमेरिकी नागरिक अधिकार अभियन्ता हुन् । उनले नै सन् २००६मा मिटू अभियान सुरु गरेकी थिइन् ।

जुन विश्वव्यापी रुपमा अहिले अघि बढेको छ । यो कहाँ पुगेर कुन रुपमा रोकिन्छ भन्ने कुरा अज्ञात छ । तर, यसले सामाजिक रुपमा सुधार हुनैपर्ने बाध्यात्मक अवस्थामा मानिसलाई पुर्याउँदै छ । सन् २०१७मा बुर्के र अन्य प्रभावशाली महिला अभियन्तालाई प्रख्यात टाइम म्यागेजिनले ‘द साइलेन्स ब्रेकर’को उपमा दिएको थियो । अहिले उनी ‘गर्ल्स फर जेन्डर इक्विटी इन ब्र्रुकलिन’मा बरिष्ठ निर्देशकका रुपमा कार्यरत छन् ।

मिटूको चर्चा
सन् २०१७को अक्टोबर १५ का दिन अपरान्ह ४ः २१ बजे नायिका अलिसा मिलानोले ट्विटरमा यौन दुर्व्यवहार, दुरुपयोग र ज्यादतिमा परेकाहरुलाई विश्वव्यापी पहिचानका लागि आमन्त्रण गरेकी थिइन् । मिलानोको ट्विट हलिउडका फिल्म प्रोड्युसर हार्भे उइन्स्टीनको दशक लामो यौन दुराचारको बारेमा न्यूयोर्क टाइम्सले समाचार बनाएको भोलिपल्ट आएको हो ।

केही घण्टाको अवधीमा नै मिटू सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । लाखौंको संख्यामा मानिसहरुले यौन दुर्व्यहारका आफूसँग सम्बन्धित कथाहरु त्यहाँ भने । केही दिनमा नै ४० हजार मानिसले मिलानोको ट्विटमा प्रत्यक्ष रुपमा प्रतिक्रिया जनाएका थिए भने १ करोड २० लाखभन्दा बढी मानिसले ट्विटर, फेसबुक र इन्स्ट्रागाममा ह्यासट्याग प्रयोग गरेका थिए ।

र, अहिले मिटू अभियान विश्वव्यापी भएको छ र यौन हिंसा वा दुव्र्यवहारको शिकार भएकाहरुका लागि यो अभियान साझा चौतारो बन्न पुगेको छ ।

तारना आफूले तयार पारेको फ्रेज (वाक्यांश) ‘मिटू’ मिलानोबाट प्रयोग गरिंँदा छक्क परेकी थिइन् । अनि रातारात ठूलो संख्यामा फलोवर बढेको देखेर पनि उनी आश्चर्यचकित भइन् । उनले आफ्नो एक दशक भन्दा अघिको अभियान अहिले संसारका पीडित बालिका तथा महिलाहरुको लागि ठूलो मद्दत गर्ने माध्यम बन्छ भन्ने कुरा सपनामा पनि सोचेकी थिइनन् ।

ओरिजनल मिटू
तारना बुर्केले नै ‘मिटू’ क्वाइन गरेकी हुन् । त्यतिबेला उनी बी इन्क भन्ने गैरनाफामूलक कम्पनीमा काम गर्थिन् । कम्पनी सन् २००३मा स्थापना भएको हो । सो कम्पनी कम उमेरका कालो वर्णका महिलाका हक हितका क्षेत्रमा केन्द्रीत थियो । बुर्के एउटी त्यस्ती बालिकाको बारेमा कुरा गर्दै थिइन, जसको आमाको केटा साथीले उनलाई दुरुपयोग गरिरहेको थियो ।

बुर्केले त्यसरी पीडित बन्नु परेका बालिकाहरुलाई सहानुभूति खोज्ने खालको शब्द खोजिरहेकी थिइन् । ताकि कैयौंको संख्यामा त्यसरी पीडित बन्नुपरेका महिला वा बालिकाहरुले आफ्नो धारणा व्यक्त गर्न सकुन् ।

बुर्केले त्यो सन्देश सबैतिरका पीडित महिलाहरुलाई सेयर गरिन् । उनको भनाइ थियो, ‘‘तिमी एक्लै छैनौ । यो मलाई पनि भएको छ’, अर्थात‘‘ यु आर नट अलोन, दिस ह्यापेन्ड टु मिटू ।’’ यसबाट नै उनको ‘मि टू’ फ्रेज संसारभरीकै महिला र बालिकाहरुलाई यौनजन्य दर्व्यवहार विरुद्धको अभियानको रुपमा चर्चित भएको सीएनएनसँगको एक अन्तर्वार्तामा बुर्केले भनेकी छन् ।

‘‘एउटा हिसाबले यो एउटा महत्वपूर्ण भनाइ थियो कि म लज्जित छैन र म एक्लै पनि छैन । अनि अर्कातर्फ त्यो पीडामा परेकाहरुलाई म तिमीलाई हेर्छु । मैले तिमीलाई सुनेँ । म तिमीलाई बुझ्छु र म तिम्रो लागि यहाँ छु भन्ने खालको सन्देशपनि थियो,’’ उनले भनिन् । बुर्के यौनजन्य ज्यादतिका बारेमा सचेत थिइन् ।

उनी स्वयं पनि तीन पटक यौन ज्यादतीबाट पीडित थिइन् । उनको सुरुको अभियान तुस्केगी र अलाबामाका बालिकाहरुमा केन्द्रीत थियो । त्यहाँ पछाडि परेका ती बालिकाहरुलाई यौन दुर्व्यवहार भइरहेको अवस्थामा उनले त्यो प्रारम्भिक अभियान चलाएकी थिइन् । एउटा कोठामा त्यहाँ ३० जनासम्म बालिकाहरु राखिएका थिए । लगभग २० वर्ष उमेरका उनीहरु ५ वा ६ जनासँग ‘मिटू’ मा उल्लेख गर्नुपर्ने कथाहरु रहेका थिए ।

करियर
बुर्केले आफ्नो करियर अलाबामाको सेल्मामा ‘२१ औं शताब्दी युवा नेतृत्व अभियान’बाट सुरु गरेकी थिइन् । सन् २००३मा उनी अल्पसंख्यक समूहमा रहेका बालिकाहरुको मद्दत गर्नको लागि जेन्दायी अजा को सहसंस्थापक भइन् । जुन पछि गएर बी इन्कमा नै समावेश भयो । उनी सन् २००८मा फिलाडेल्फिया गएर आर्ट स्यानचुरी फिलाडेल्फियामा पनि काम गरिन् ।

बुर्केले ओस्कारका लागि मनोनयनमा परेको फिल्म सेल्मा (२०१४)मा कन्सल्ट्यान्टको रुपमा काम गरिन् । जुन फिल्म सन् १९६५ मा सेल्माबाट मोन्टोगोमेरी सम्मको मार्टिन लुथर किङ्ग जुनियरको भोटिङ्ग राइट्स मार्च सम्बन्धी थियो । उनी अहिले गल्र्स फर जेण्डर इक्विटी इन ब्रुकलिनमा बरिष्ठ निर्देशकको रुपमा काम गर्छिन् ।

र, उनी यौन दुर्व्यवहारका पीडित बनेकाहरुको सहयोगको लागि सार्वजनिक वक्ताको रुपमा पनि व्यस्त रहेकी छन् । उनले आफ्नो ‘मि टू’ अभियानको वेबसाइट पीडितहरुलाई बृहत रुपमा सहयोग पुर्याउने रिसोर्स टूलका रुपमा समेत विकास गर्न चाहेकी छन् ।

सम्मान
२०१८मा बुर्केले टाइम्स स्क्वायरमामा नयाँ वर्षको अवसरमा बल ड्रप गर्ने अवसर पाएकी थिइन् । यसैगरी उनलाई नायिका मिचेल विलियम्ससँगै सन् २०१८को ७५ औं गोल्डेन ग्लोब अवार्डमा सम्मान गरिएको थियो । दुवैमा बुर्केलाई आफूले उठाएको ‘मि टू ’अभियानबारेमा मिडियासँग छलफल गर्ने अवसर मिल्यो । उनलाई सन् २०१८मै भोटी (भ्वाइस अफ द इयर) क्याटालिस्ट अवार्ड सी नोज् मिडियाले दिएको थियो ।

परिवार र प्रारम्भिक जीवन
तारना बुर्केको जन्म सन् १९७३को सेप्टेम्बर १२ मा न्यूयोर्कमा भएको थियो । उनको बाल्यकाल कठिन रहेको मानिन्छ । उनी न्यून आय भएको र हाउजिङ्ग प्रोजेक्टमा काम गर्ने एउटा परिवारमा हुर्केकी हुन् । बच्चै हुँदा र पछि किशोरावस्थामा पनि उनी यौनजन्य हिंसाको शिकार भएकी थिइन् । उनकी आमाले उनको पुनस्र्थापनाका लागि मद्दत गरिन् ।

आमाले नै उनलाई सामुदायिक कार्यमा ‘इन्गेज’ गराइन् । उनलाई त्यसबाट नै जटिल समश्यामा रहेका बालिका र महिलाहरुको जीवनमा सुधार ल्याउनका लागि काम अघि बढाउन सधैं प्रेरित गर्यो । उनकी छोरी काइया बुर्केको जन्म १९९८मा अलाबामाको सेल्मामा नै भएको थियो । तारनाले सिंगल मदरकै रुपमा उनलाई हुर्काइन् ।

तारनाले अहिले आफ्नोबारेमा ‘हियर द लाइट इन्टर स् द फाउण्डिङ्ग अफ द मि टू मुभमेन्ट’ पुस्तक लेख्दै गरेको र उक्त पुस्तक सिमोन एण्ड चुस्टर इम्प्रिन्ट इन्कले सन् २०१९मा प्रकाशित गर्ने जनाइएको छ । (एजेन्सीहरुको सहयोगमा)

लोकप्रीय

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

शुक्रबार कार्तिक २१ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२

विचार

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

शुक्रबार कार्तिक २१ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका
ताजा समाचार

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

शुक्रबार कार्तिक २१ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो
अन्तर्राष्ट्रिय

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?
ताजा समाचार

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

शुक्रबार कार्तिक २१ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.