श्रीलंकाका राष्ट्रपतिद्वारा संसद निलम्बन

९ कात्तिक ७५, शनिबार

कोलम्बो, कात्तिक १०
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटकाबीच शनिबार संसद निलम्बन गरेका छन् ।

प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रिपरिषद विघटन गरेको भोलिपल्ट राष्ट्रपति सिरिसेनाले संसद पनि निलम्बन गरेका हुन् ।

संसदका उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद निलम्बन गरेको पुष्टि गरेका छन् ।

Advertisement

शुक्रबार बेलुका अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिंघेले संसदको आपत्कालीन बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपतिले संसद नै निलम्बन गरिदिएका हुन् ।

विक्रमासिंघेले संसदमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै बहुमत पुष्टि गरेर देखाउने बताएका थिए ।

Advertisement

उनले संसदमा आफ्नो पक्षमा बहुमत भएकाले राष्ट्रपतिले आफूलाई हटाउन नमिल्ने दाबी पनि गरेका छन् ।

संसदमा आगामी आर्थिक वर्षका लागि आउँदो नोभेम्बर ५ तारिखका दिन वार्षिक बजेट पेस गर्ने कार्यक्रम रहेको थियो ।

बजेट पेस गर्न पनि नमिल्नेगरी संसद निलम्बन भएकाले श्रीलंकामा अब आर्थिक संकटसमेत आउने देखिएको छ ।

राष्ट्रपति सिरिसेनाको सत्तारुढ दलले नै मौजुदा गठबन्धन सरकार छाड्ने निर्णय गरेपछि उनले प्रधानमन्त्री परिवर्तन गरेका हुन् ।

सिरिसेनाको पार्टी र निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघको पार्टीले सत्ता गठबन्धन गरेका थिए ।

आफ्नै पार्टीले सरकार छाड्ने निर्णय गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नै प्रतिस्पर्धी महेन्द्रा राजापाक्षेलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथसमेत खुवाएका छन् ।

गएको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति सिरिसेनासँग राजापाक्षेले प्रतिस्पर्धा गरेका थिए ।

आफ्नाविरोधी र प्रतिस्पर्धीलाई नै आफ्नै सरकारको प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरिसेनाले चकित बनाएका छन् ।

आर्थिक नीति र दैनिक प्रशासनको विषयलाई लिएर राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री विक्रमासिंघेबीच लामो समयदेखि विवाद हुँदै आएकामा राष्ट्रपतिले प्रधानमन्त्री परिवर्तन गरेका हुन् ।

विक्रमासिंघेको युनाइटेड नेसनल पार्टी २०१५ देखि गठबन्धन सरकारको नेतृत्वमा थियो ।

रासस/एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top