कांग्रेसको विवाद तल्लो तहबाटै मिलाउन कार्यकर्ताको सुझाव

१० कात्तिक ७५, शनिबार
Share this
726shares

विराटनगर,कार्तिक १०
नेपाली काग्रेस पार्टीमा देखिएको विवाद तल्लो तहबाटै हटाएर एकबद्ध भई अघि बढ्न कार्यकर्ताले कांग्रेस नेतृत्वलाई सुझाव दिएका छन् ।

Advertisement

नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ५ ले मोरङको धनपालथान शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी केन्द्रीय नेताहरुलाई तल्लै तहबाट विवाद र गुटगत राजनीति त्यागेर विधान तथा विधि सम्मत राजनीति गर्न कार्यकर्ताहरुले सुझाव दिएका हुन् ।

कार्यक्रममा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहितका सहभागी नेतालाई एकताको वास्तविक अनुभव दिलाउन सहभागीले आग्रह गरेका थिए ।

Advertisement

वडादसँै, तिहार, छठलगायत पर्वको सन्दर्भ पारेर गरिएको कार्यक्रममा गच्छदारले पार्टी अब एक ढिक्का भएर अघि बढ्ने बताउँदै अब नयाँ सोचका साथ अघि बढ्नुको विकल्प नभएकोमा जोड दिए ।

उनले कांग्रेसको साख र विगत अझै दह्रो रहेको समे चर्चा गरे । कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेसको संगठनलाई सुदृढीकरण गर्न अब तल्लो तहसम्म अभियाननै चलाइने बताए । कार्यक्रममा सांसद डा. डिला संग्रौलाले पार्टी अब नयाँ हिसाबले अघि बढ्ने तर्खरमा रहेको बताइन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top