×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

नसर्ने रोगको यसरी रोकथाम र नियन्त्रण गर्न सकिन्छ

१० कार्तिक २०७५

एजेन्सी,कात्तिक १०
नसर्ने रोगहरुको यी विभिन्न कुराहरुलाई ध्यान दिएको खण्डमा रोकथाम र नियन्त्रण गर्न सकिन्छ ।

१. मदिराको हानिकारक सेवन नगर्ने
रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको हानिकारक सेवन गर्दा हृदयघात, कलेजोसम्बन्धी रोग, क्यान्सर, पेट वा आन्द्रमा घाउ हुने र मानसिक असन्तुलन जस्ता रोग र स्वास्थ्य समस्या भई मृत्यु पनि हुन सक्छ। मदिराको हानिकारक सेवनले घरेलु हिंसा, अपराधलगायत दुर्घटनालाई बढाउँछ। त्यसैले मदिरा सेवन नगर्नुहोस्।

Advertisement
Advertisement

२. धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन नगर्ने
क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वास अवरोधसम्बन्धी रोग लाग्ने र मधुमेह बढाउने प्रमुख कारक तत्व चुरोट, बिंडी, गुट्खा, खैनी जस्ता सूर्तीजन्य पदार्थको सेवन नै हो। अरुले गरेको धूमपानको धूवाँमा धूमपान नगर्ने व्यक्ति बस्दा त्यति नै असर गर्छ। धूमपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग ३ गुण बढी हुन्छ। धूमपान तथा सूर्ती सेवन त्यागेकै दिनदेखि हृदयघातको सम्भावना घट्दै जान्छ। युवावस्थादेखि नै धूमपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा धेरै हुन्छ। एउटै मात्र चुरोट, बिंडी वा थोरै मात्र सूर्तीजन्य पदार्थको सेवनले पनि हानि गर्न सक्छ। त्यसैले धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन नगरौं।

३. नुन र चिनीको प्रयोग कम गर्ने
नुनिलो, गुलियो र प्रशोधित खानेकुरा खानाले क्यान्सर, मुटुरोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। त्यसैले खानामा नुनको प्रयोग कम गर्ने ९दिनको ५ ग्राम भन्दा कम०। गाँजर, काँक्रो, मुला जस्ता सलादमा नुन छर्केर र खानेकुरामा नुन थपेर नखाने। पापड, दलमोठ, भुजिया जस्ता नुनको मात्रा बढी भएका खानेकुरा कम खाने। कोल्ड ड्रिङ्क्स, गुलिया पेयपदार्थ, मिठाई, चक्लेट जस्ता खानेकुरा कम खाने। चिया वा कफीमा चिनी कम हालेर खाने।

४. शारीरिक रुपमा सक्रिय रहने
शरीर सक्रिय राख्ने क्रियाकलाप जस्तै योग, हिंडडुल गर्ने, दौडिने, साइकल चलाउने, पौडी खेल्ने आदि हल्का पसिना आउने गरी हप्ताको कम्तिमा पाँच दिनसम्म कमसेकम ३० मिनेट नियमित रुपमा गर्नुहोस्। यसले मुटुरोग हुने जोखिमलाई ३० प्रतिशतले कम गर्दछ। निष्क्रिय बनाउने आधुनिक प्रविधिहरु जस्तै टेलिभिजन र कम्प्युटर सुत्ने कोठा वा स्थानमा छन् भने हटाउनुहोस्। शरीरको तौल बढी भए घटाउनुहोस्। मोटो होइन तन्दुरुस्त रहनुहोस्।

५. सन्तुलित खाना, प्रशस्त मात्रामा फलफूल र सागसब्जी खाने
क्यान्सर, मुटुरोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोधसम्बन्धी रोग लाग्नबाट बच्न दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी सन्तुलित रुपमा खाने गर्नुहोस्। मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त ९४–५ पटक० खाने। खानासँग नुन नहालेको सलाद नियमित खाने।

६. मानसिक तनावको व्यवस्थापन गर्न र रिसमुक्त रहने
घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने। ध्यान तथा योग गर्ने। परिवार र साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घुमफिर रमाइलो गर्ने।

Advertisement
Advertisement

७. उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिम व्यवस्थापन गर्ने
उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने। रगतमा चिनी बढेको (मधुमेह) भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने। रगतमा चिल्लोपना बढेको ९उच्च कोलेस्टेरोेल० भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top