१५ महिनामा बनिसक्ने भवन ६ वर्षमा पनि बनेन

१० कात्तिक ७५, आइतबार

पशुपतिनगर,कात्तिक ११
पन्ध्र महिनामै निर्माण पूरा गर्ने सम्झौता भई शुरु गरिएको भवन ६ वर्ष बित्न लाग्दा पनि सम्पन्न नभएपछि पूर्वी सीमावर्ती पशुपतिनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको छ ।

पुरानो भवन जीर्ण बन्दा केन्द्रका लागि आएका अत्यावश्यक उपकरण पनि त्यसै थन्किएका छन् । स्वास्थ्य केन्द्रको यतिसम्म बेहाल छ कि अहिले एक्स–रे र ल्याबका उपकरणमाथि कपडा सुकाउने गरिएको छ ।

विसं १९८६ मै बनेको भवनमा बसेर स्वास्थ्यकर्मी र कर्मचारीले काम गर्दै आएकामा अहिले सो भवन जीर्ण भइसकेकाले बिरामीलाई उपचार गरउन कठिन भएको हो ।

Advertisement

उपचार गराउन आउनेको सङ्ख्या थपिँदै गएकाले भवन अभावले समस्या भएको हो,’ अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रमोद राईले भने, ‘भवन नबनाएकै कारण यहाँका बासिन्दासँग सबैले समस्या झेल्नुपरेको छ ।’

दार्जलिङको राजनीतिक अस्थिरताका कारण पनि यो स्वास्थ्य केन्द्र पूर्वी इलामका दर्जनौँ गाउँका बासिन्दाका लागि उपचारको एक मात्र थलो बन्दै आएको छ ।

Advertisement

वि।सं २०७९ जेठ ११ गते आवासहितको अस्पताल भवन निर्माणको ठेक्का पाएको मिलेनियम देव एण्ड सायर कम्पनीले पटक÷पटक म्याद थप गर्दा पनि निर्माण पूरा गरेको छैन् ।

सझौतानुसार वि।सं२०७० साल भदौमा सम्पन्न भइसक्नुपर्ने भवन नबन्दा स्थानीयवासीले सास्ती पाएकाले २०७३ पुस ३० सम्मका लागि म्याद थप गरिए पनि निर्माण पूरा भएन । पुनः २०७४ चैतसम्म म्याद थप गरिए पनि भवन निर्माण नहुँदा कुनै कारवाहीसमेत नगरिएको कार्यालयले जनाएको छ ।

‘भवन निर्माण गर्नुपर्ने स्थानमा रहेको विद्युत् प्रसारण लाइन हटाउन मात्रै ३१ महीना लाग्यो,’ निर्माण कम्पनीका प्रमुख डम्बर गदालले भने, ‘त्यहाँसम्म ट्रक पुग्ने सडक नहुनु, अत्यधिक चिसोका कारण हिउँदयाममा काम गर्न कठिन हुनु, भूकम्प र राजनीतिक उतारचढावका कारण पनि ढिलो भएको हो ।’ यी सारा अवरोध हुँदाहुँदै पनि बिल बमोजिमको रकम प्रदान नभएकाले पनि समस्या आएको निर्माण कम्पनीका ठेकेदार डम्बर गदालले बताए ।

पाउनुपर्ने डेढ करोड रुपैयाँमध्ये करिब रू ७० लाखको काम भए पनि सो रकम नपाएको उनको गुनासो थियो । जीर्ण भवनबाट ओपिडी, बर्थिङ सेन्टर, बीमा, फार्मेसीजस्ता काम गर्न कठिन भएको चिकित्सक कुशल वस्तीले बताए ।

‘आवासको अवस्था पनि उस्तै छ,’ उनले भने, ‘शौचालयको पनि व्यवस्था नभएकाले दुई चिकित्सकसहित १० जनाको स्वास्थ्यकर्मीको टोलीलाई दैनिक कामकाज र बसोबासका लागि पनि समस्या छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top