मोरङमा बिकास खर्च न्यून, ३ महिनामा १० प्रतिशत मात्रै

विराटनगर,कार्तिक१२
सरकारी कार्यालयहरुको बिकासे बजेट खर्चको अबस्था न्युन हुने क्रमले यो बर्षपनि मोरङ जिल्लामा निरन्तरता पाएको छ । चालु आर्थिक बर्षको तीन महिनाको अवधिलाई हेर्दा जिल्लामा रहेको सरकारी कार्यालयहरुको बिकासे बजेटका खर्चको अबस्था मात्र १० प्रतिशत रहेको छ ।

संघीय सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा न्युनतम १८ देखि २८ प्रतिशतसम्म वजेट खर्च गर्ने लक्ष्य लिएका थियो । सरकारको लक्ष्य अनुसार मोरङका सरकारी कार्यालयको विकास बजेट खर्चको गर्न सकेका देखिदैनन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालय मोरङका अनुसार संघ अन्तर्गतका ६८ वटा सरकारी कार्यालयका विकास बजेट चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समाप्ती हुदाँसम्ममा गरेको खर्च निकै न्यून रहेको छ । चालु बजेटमा ती कार्यालयमा कुल बजेटमध्ये तीन महिनामा करिब १० दशमलव ५४ प्रतिशतमात्र खर्च भएको छ ।

Advertisement

यसमा पनि अधिकांश खर्च साधारणतर्फकै रहेको छ । मोरङ जिल्लाका सरकारी कार्यालयका लागि आर्थिक बर्षको पहिलो तिन महिनाको पुजीगत तर्फ कुल बार्षिक बजेट १३ अर्ब १९ करोड १ लाख ६ हजार रुपैया रहेकोमा पहिलो त्रैमासिकसम्ममा १३ करोड ९१ लाख १७ हजार ३ सय ३६ रुपैया मात्र खर्च भएको छ ।यो कुल बजेटको १० दशमलव ५४ प्रतिशत हो ।

लेखा नियन्त्रक योगेन्द्र पौडेलका अनुसार जिल्लामा सबै भन्दा वढी बिकासे बजेट खर्च हुने कार्यालयको खर्चको अबस्था पनि निरासाजनक रहेको छ । जिल्लामा सबै भन्दा वढी बिकास बजेट खर्च गर्ने संघीय आयोजना कार्यान्वय कार्यालय इकाईको कुल पुजीगत तर्फको बार्षिक बजेट ७६ करोड ४६ लाख ९ हजार रहेकोमा तिन महिनाको अबधिमा जम्मा सो कार्यालयले ५ करोड २६ लाख ९९ हजार ६३ रुपैया मात्र गरेको छ । त्यसैगरी सडक डिभिजन कार्यालयको ११ करोड बार्षिक बजेट रहेकोमा ५ करोड ७ लाख रुपैया मात्र बिकास बजेट तर्फको खर्च भएको छ ।

Advertisement

यता सुनसरी मोरङ सिंचाई आयोजनाको ३ करोड २९ लाख बार्षिक बजेटमा तीन महिनामा २ करोड २६ लाख ४१ हजार रुपैया बिकासे बजेट खर्च भएको छ ।

कोष नियन्त्रक पौडेलका अनुसार यी कार्यालय विगतका बर्षमा जिल्लामा सबै भन्दा वढी बिकासे बजेट खर्च हुने कार्यालयको सुचीमा पर्दछन ।तर यो बर्ष प्रदेश अन्तर्गत धेरै कार्यालयहरु स्थापना भएकाले यी कार्यालयको पूजीगत तर्फको बार्षिक बजेट समेत कटौती भएको छ । कार्यालयका अनुसार अघिल्लो आर्थिक बर्ष ०७४÷०७५ को आर्थिक बर्षको पहिलो तिन महिनामा ती कार्यालयहरुले पुजीगत तर्फको बिकास बजेट खर्च ३ दशमलव ७५ प्रतिशत मात्र भएको थियो ।

पूजीगत तर्फको कुल बार्षिक बजेट ५ अर्व ८९ करोड ३६ लाख २९ हजार ४ सय रहेकोमा पहिलो तीन महिनाको अवधिका २२ करोड १२ लाख ७४ हजार १ सय २० रुपैया मात्र खर्च भएको थियो । गएको आर्थिक बर्षमा पूजीगत तर्फको बार्षिक बजेट ५ अर्व ९४ करोड ४१ लाख ५० हजार ४ सय रुपैया रहेको थियो । जसमा ५ अर्व १३ करोड १५ लाख ८६ हजार रुपैया खर्च भएको थियो ।

यो कुल बजेटको ८६ दशमलव १८ प्रतिशत रहेको थियो । यता प्रदेश नं १ सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सकिदा विकास वजेट खर्चको अवस्था भने हालसम्म शून्य छ । प्रदेश सरकारले ०७५÷७६ को लागि पुजीगततर्फ १८ अर्व ७७ करोड ७४ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको छ । यो खर्च प्रशासनिक तर्फको मात्रै पुजीगत वजेट हो ।

तर, प्रदेश सरकारले विकास वजेट खर्च गर्न सकेको छैन । विकास वजेट शीर्षकमा विनियोजन गरिएको कति पनि रकम भुक्तानी भने नभएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top