मनमोहन पोलिटेक्निक प्रदेशकै बहुप्राविधिक शिक्षालय बन्दै

विराटनगर, कात्तिक १२
प्रदेश नं १ सरकारले पहिलो बहुप्राविधिक शिक्षालय सञ्चालनको प्रकृया अगाडि बढाएको छ । १ नं प्रदेश मन्त्री परिषदको आइतबार साझँ बसेको बैठकले प्रदेश सरकार मातहतको बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्यक विधेयक निर्माणका लागि समाजिक बिकास मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।

यो सँगै मोरङको हात्तीमुडामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निकलाई प्रदेशको पहिलो बहुप्राविधिक शिक्षालय सञ्चालनको बाटो खुलेको छ । सामाजिक बिकास मन्त्रालयले मनमोहन मेमोरियल पोलिटेक्निकलाई बहुप्राविधिक शिक्षालयका रुपमा सञ्चालनका लागि मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा यसअघि नै प्रस्ताव लगेको थियो ।

सामाजिक बिकास मन्त्रालयका उपसचिव एव प्रवक्ता फणिन्द्र खत्रीका अनुसार मन्त्री परिषदको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी बिधेयक निर्माणका लागि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत दिएको छ ।

Advertisement

मन्त्रालयले ६ महिनाभित्र आवश्यक कानुन निर्माण गरी एक वर्षभित्र मनमोहन पोलिटेक्निकलाई वहुप्राविधिक शिक्षालय बनाउने योजनासहित आवश्यक गृहकार्य थालेको थियो ।

प्रदेश सरकारले बहुप्राविधिक शिक्षाको विकासका लागि मनमोहनलाई प्राविधिक विश्वविद्यालयको रुपमा सञ्चालनका लागि बजेटसमेत विनियोजन गरेको छ । मन्त्रालयका अनुसार मनमोहन पोलिटेक्निकलाई यो चालु आर्थिक वर्षका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न साढे २ करोड रुपैयाँ विनियोजित गरिएको छ ।

Advertisement

प्रदेशकै अब्बल प्राविधिक शिक्षालय बनाउने सरकारको योजना अनुरुप अव मन्त्रालयले काम अगाडि बढाउने सामाजिक बिकास मन्त्री जीवन घिमिरेले बताए । उनले बहुप्राविधिक शिक्षालाय सञ्चालनमा आएसँगै प्रदेश १ अन्तर्गत पर्ने १४ जिल्लाका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिने लक्ष्य राखिएको जानकारी दिए ।

हाल सो पोलिटेक्निकमा डिप्लोमा इन इन्जिनियरिङअन्तर्गतका सिभल, मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विषयमा पढाइ भइरहेको छ । प्रदेश सरकार मातहतमा आएसँगै सो बहुप्राविधिक शिक्षलायमा कृषि, भेटनेरी, हेल्थ र इन्जिनियरिङ कक्षा सञ्चालनको तयारी छ ।

मनमोहन मेमोरियल पोलिटेक्निकका प्रिन्सिपल सुभाष श्री निरौलाले प्रदेश सरकारको योजना अनुसार बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार प्रर्याप्त रहेको बताए ।मनमोहन पोलिटेक्निकले अहिले आधारभूत र मध्यमस्तरको तालिम र प्राविधिक शिक्षा दिँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top