×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निर्वाचन परिणामको असर : कांग्रेसमा देउवाको विकल्प खोज्ने तयारी !

२८ मंसिर २०७४

काठमाडौ– हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षित परिणाम नआएपछि नेपाली कांग्रेसभित्र नेतृत्वको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ ।

संस्थागत रुपमा नेतृत्वको विकल्पबारे छलफल नभएपनि व्यक्तिगत रुपमा नेता कार्यकर्ताबीच नेतृत्वको विकल्पबारे चर्चा,परिचर्चा र बहस हुन थालेको हो ।
कांग्रेस नेताहरु गगन थापा, डा रामशरण महत, धनराज गुरुङ, डा शेखर कोइराला लगायतले कांग्रेसलाई पुर्नजीर्वन दिन सुद्धिकरण आवाश्यक रहेको बताएका छन् ।

उनीहरुले निर्वाचनपछि पार्टीले मतपरिणामबारे समिक्षा गर्ने भन्दै अबको समिक्षाले कांग्रेसलाई माथि उठ्न सहयोग पुग्ने विश्वास समेत गरेका छन् ।
‘कांग्रेसभित्र ठूलै रिफर्म गर्न जरुरी छ, यो नगरे नेपाली कांग्रेस अबको केही समयपछि इतिहासमा परिणत हुनसक्छ  । त्यसका लागि पहिला केन्द्रीय समिति बैठक बोलाउनुपर्छ, त्यसपछि महासमितिको बिशेष बैठक बोलाउनुपर्छ ति बैठकमा उठेको आवाजलाई सम्बोधन गरिनुपर्छ’ कांग्रेस नेता डा शेखर कोइरालाले बताए ।

उनले केन्द्रीय समिति र महासमिति बैठकमा समग्र कांग्रेस र मुलुकको अवस्थाको विश्लेषण गर्दै निर्वाचनमा हारको नैतिक दायित्व लिनुपर्ने व्यक्तिले नै लिनैपर्ने बताए । उनले निर्वाचनअघि विजय गच्छदारसँगको एकीकरणका बारेमा समेत नेतृत्वले औचित्य पुष्टि गर्न नसकेकोले त्यसवारे समेत बैठकमा आफूले जोडतोडका साथ कुरा राख्ने बताए ।

हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाममा कांग्रेस तेस्रो स्थानमा छ ।
यसअघि (२०७०) को निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसरी एकाएक तेस्रो स्थानमा आएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले मतपरिणामबारे अहिलेसम्म मुख खोलिसकेका छैनन् ।

तर, कतिपय नेताहरुले नेतृत्वकै असक्षमताका कारण हार ब्यहोर्नुपरेको अभिव्यक्ति दिन थालेपछि देउवा दवावमा परेका छन् । नेताहरुले निर्वाचनको नतिजापछि लगत्तै केन्द्रीय समिति र महासमितिको बैठक बोलाएर समिक्षा गर्नुपर्ने माग राखेपनि देउवाले समानुपातिकतर्फको समेत नतिजा आएपछि केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेपनि तत्काल महासमिति बैठक सम्भव नभएको जनाउ दिएका छन् ।

देउवा निकट मानिएका कांग्रेस नेता डा प्रकाशशरण महतका अनुसार यो निर्वाचनमा मत परिणाम अनपेक्षित आएपनि त्रिपक्षिय भीडन्त हुनुपर्ने ठाउमा दुईपक्षीय भएकाले यस्तो नतिजा आएको बताए ।

तर पनि सम्मानजनक मत ल्याउन कांग्रेस सफल भएको महतको भनाई छ । उनले पछिल्लो समय नेतृत्वप्रति केही नेताहरुले दिएका अभिव्यक्तिले कांग्रेसलाई फाइदा नहुने भन्दै फोरममा प्रकृयागत ढंगले कमजोरी केलाउने काम गर्नु उपयुक्त हुने सुझाव दिए ।

महतले रातोपाटीसँग भने ‘केन्द्रीय समिति, कार्यसम्पादन समितिलगायतका फोरममा कमजोरीबारे छलफल र बहस हुन्छ, ती फोरममा आएका धारणालाई केलाएर आवाश्यक परे महासमिति बैठक बोलाउनुपरे पनि बोलाउन नेतृत्व तयार हुनुपर्छ ।’

देउवा निकट श्रोतका अनुसार समानुपातिक तर्फको अन्तिम नतिजा आएको दुई दिनभित्र केन्द्रीय समिति बैठक राखेर निर्वाचनबारे समिक्षा गर्ने तयारी भइरहेको छ । तर, केन्द्रीय समिति बैठकमा केही नेताले नैतिकताको आधारमा राजिनामा दिनुपर्नेसम्मको सुझाव दिने तयारी गरेका छन् ।

प्रत्यक्षतर्फको मतपरिणाम आइसकेपनि समानुपातिक तर्फको अन्तिम नतिजा भने आइसकेको छैन । समानुपातिकतर्फ भने कांग्रेस सम्मानजनक अवस्थामै छ ।

कांग्रेसलाई नजिकबाट नियाल्दै आएका विश्लेषक पुरुषोत्तम दाहाल भने कांग्रेसले यो निर्वाचनमा ल्याएको नतिजा स्वभाविक रहेको बताउँछन् । दाहाल कांग्रेसको नतिजा तेस्रो स्थानमा आउनुमा नेतृत्वको मात्रै दोष नभएर पार्टीका उम्मेदवार,नेता कार्यकर्ता सबैको कमजोरी रहेको बताउँछन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top