राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेट हुँदै

१२ कात्तिक ७५, मंगलबार

कतार,कात्तिक १३
कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता हुँदैछ ।

Advertisement

स्थानीय समयअनुसार मध्यान्ह १२ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।उक्त अवसरमा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल हुने बताइएको छ।

अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गर्दै छन् ।मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा छिन् ।
दीपेन्द्र अधिकारी /रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top