यी कुराहरु जसले मासुभन्दा दोब्बर हैन तेब्बर प्रोटिन दिन्छन्

१३ कात्तिक ७५, बुधबार

एजेन्सी,कात्तिक १३
मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ भन्ने एक अध्ययनले देखाएको छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ ।

Advertisement

जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् त रु हेरौंः

काजु : काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

Advertisement

देशी बदाम : यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।

पेस्ता : पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।

Advertisement

ओखर : ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।

किसमिस : दाख वा किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्त तथा कफसम्बन्धी तीनै दोषको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

बदाम : १०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

अन्जीर :अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले कब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दुखाइ, थाइराइड तथा पाइल्सजस्ता रोगमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top