भेरी-बबई डाइभर्सनको सुरुङ खन्ने काम ७१ प्रतिशत पुरा, आउँदाे चैतमा सकिने

१३ कात्तिक ७५, बुधबार

काठमाडौं,कात्तिक १४

काम शुरु भएको १ वर्षमा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी) ७१ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम आउदो चैतभित्र सकिने भएको छ । आयोजनाको १२ किलोमिटर लामो सुरुङ मध्ये हालसम्म झण्डै ९ किलोमिटर काम सकिएको छ ।

अब करिब ३ किलोमिटर सुरुङ मात्र खन्न बाँकी रहेको छ । जमिनमा कुनै समस्या आएन भने चैतभित्रै सुरुङको काम सकिने भेरी-बबर्इ आयोजनाका निर्देशक सञ्जिव बरालले बताए । उनले निर्धारित समय भन्दा १ वर्षअघि नै आयोजनाको सुरुङ खन्ने काम सकिने जानकारी दिए । सन् २०२० को मार्चमा सुरुङको काम सक्ने गरी कार्यतालिका तयार पारे पनि ठेकेदार चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुप लिमिटेड (कोवेक) ले तीब्र गतिमा काम गरिरहेको उनले सुनाए । आयोजनाको सुरुङ खन्ने काम एक वर्षअघि साढे १० अर्बमा शुरू भएको हो ।

Advertisement

सुरुङ खन्न विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टीबीएम) ले गरिरहेको छ । आयोजनाको रेडजोन (खतरा क्षेत्र) पार गरेकाले निर्धारित समयभन्दा अगावै सुरुङको काम सकिन लागेको हो । सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ । भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पुर्याइने लक्ष्यका साथ सुरुङ निर्माण भइरहेको छ ।

बाँध र विद्युतगृहको काम पनि अघि बढ्यो

Advertisement

आयोजनाको पानी बबईमा खसाल्नका लागि आवश्यक बाँध निर्माणको काम सुरु भएको छ । आयोजनाको बाँधलगायत सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि कम्पनीको पुर्वयोग्यता छनौट (पीक्यु) गर्ने काम सुरु हुन लागेको छ । आउदो १५ दिनभित्र पीक्युका लागि सुचना निकाल्ने आयोजना निर्देशक बरालले बताए । ४ महिनाभित्र ३ वटा प्याकेजको कामका लागि बोलपत्र आब्हान गरिने उनले जानकारी दिए ।

सुरुङको काम सकिन लागे पनि सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध निर्माण, विद्युतगृह लगायत सिंचाइका लागि थप संरचना निर्माण आवश्यक भएकाले प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । आयोजनाको सम्पुर्ण काम आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न हुने बरालले बताए । तीन वटै प्याकेजका लागि डिजाइन तथा टेण्डर डकुमेन्ट तयार पारी सिंचाइ विभागमा पेश गरिएको छ । विभागबाट स्वीकृत हुनसाथ काम अघि बढने छ । ३ वटा प्याकेजको काम सक्न थप १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए ।
यस्तै सिंचाइअन्र्तगत ५१ हजार हेक्टर मध्ये ३६ हजार हेक्टरका लागि बबइ सिंचाइबाट र थप १५ हजार हेक्टरका लागि नयाँ संरचा बनाउनु पर्ने छ । विकास न्युजबाट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top