काठमाडौँ– सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित शब्द प्रयोग गर्ने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तनहुँ बन्दीपुर नगरपालिका–३ का विवेक बानियाँलाई राष्ट्रपतिविरुद्ध अमर्यादित र अशोभनीय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालका फेसबुक स्ट्याटस लेखेकाले पक्राउ गरिएको जनाएको छ ।
उनलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ । सो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।