Nepal Times
Nepal Times
3
Shares

नेपाली सेनालाई राष्ट्रसंघीय पदक

नेपाली सेनालाई राष्ट्रसंघीय पदक

राष्ट्रसंघले दक्षिणी सुडानमा कार्यरत नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदक प्रदान गरेको छ ।

दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्य गरेबापत उक्त पदक दिइएको काठमाडौंस्थित राष्ट्रसंघीय आवासीय कार्यालयले जनाएको छ ।

रोम्बेकमा आयोजित समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमान्डर लेफ्टिनेन्ट जनरल फ्रान्क मुसायो कामानाजीले नेपाली सेनालाई उक्त पदक प्रदान गरेका हुन् ।

नेपाली सुरक्षा निकायले विश्व शान्तिमा निर्वाह गरेको भूमिकाप्रति राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका तर्फबाट उनले नेपाल सरकारलाई धन्यवादसमेत दिएको विज्ञप्तिमा जनाइएको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.