प्रहरी निरीक्षकले हत्याका अभियुक्त भगाएको पिडितको आरोप

विराटनगर,कात्तिक १५
इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले स्थानीय खलिल मियाँका परिवारलाई दुव्र्यव्यबहार गरेको भन्दै पिडीतहरुले न्यायको माग गरेका छन् ।

विराटनगर १७ का स्थानीयवासी खलिल मियाँका परिवारले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी रानीका ईन्स्पेक्टर निरौलाले आफ्ना छोराका हत्यामा पहिचान भएका मुख्य अभियुक्तलाई समेत थुनुवा कोठाबाटै भगाएको उनीहरुले आरोप लगाएका छन्।

गत असोज १ गते विश्वकर्मा पुजाको दिन विराटनगर १७ का १७ बर्षिय असफाक आलमको उनकै छिमेकी मोहम्मद सद्धिम हुसेन र मोहम्मद आरिफ आलमले अपहरण पछि हत्या गरेको प्रहरी अनुशन्धानमा खुलेको थियो ।

Advertisement

२ साता पछि हत्यामा संग्लन दुई अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।अभियुक्तहरुलाई पुन इलाका प्रहरी कार्यालय रानी थानाको हिरासतमा राखिएको थियो तर प्रहरी हिरासतबाटै प्रहरीले आफ्ना छोराको हत्यामा संग्लन दुई अभियुक्तलाई ईन्सपेक्टरको मिलेमतोमा भगाएको मृतकका बुबा खलिल मियाँले आरोप लगाएका छन् ।

अभियुक्तहरु गत कातिक ८ गते विहीबार मध्यराती थुनुवा कोठाको भेन्टिलेटरको रड काटेर भागेका थिए । यता इलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले भने पिडीत पक्षले लगाएको आरोप गलत बताएका छन ।

Advertisement

उनले थुनुवा कक्षबाट कैदीहरु मिलेमतोमा भगाएको भए छानविन समिती बनिसकेकाले छानविन समितीले आफनो संग्नलता भएको प्रमाण फेला परे कारबाही भोग्न तयार रहेको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top