‘नचिनेको विदेशी नम्बरबाट फोन आए कलब्याक नगर्नु’

१६ कात्तिक ७५, शुक्रबार
Share this
713shares

तपाईलाई छिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोस् केही अघिसम्म मोबाईल वा ईमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गथ्र्यौ ।

Advertisement

अहिले यस्ता सन्देशका कारण ठगिने नेपाली नगण्य छन् तर, पछिल्लो समय अन्तर्राष्ट्रिय ठगहरुले नयाँ उपाय अपनाउन थालेका छन् । त्यो हो फोन ठगी टेलिफोन फ्रड ।,, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

यो ठगीमा पीडित बन्न कुनै खातामा रकम जम्मा गर्नु पर्दैन, टेलिफोन कल उठाए वा कलब्याक गरे मात्रै पुग्छ । जापानी भाषामा वाङगिरी भनिने यस्तो तरिकाबाट प्रयोगकर्ता सजिलै ठगिन सक्छन् ।

Advertisement

जापानी भाषामा वाङगिरीका अर्थ हुन्छ घन्टी बनाउनु र छाड्नु । ठगहरुले विभिन्न देशका मोबाईल प्रयोगकर्तालाई यसैगरी झुक्याईरहेका हुन्छन् ।

प्रयोगकर्ताको मोबाईलमा एक घन्टी दिने र फोन काट्ने । प्रयोगकर्ताले उत्सुक भएर कल ब्याक गरे उनीहरुको मोबाईलबाट प्रसस्त रकम काटिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top