प्रदेश सरकारको भावना र चाहनालाई सरकारले बुझेको छ – कानून मन्त्री ढकाल

१५ कात्तिक ७५, शुक्रबार

बिराटनगर,कार्तिक १६
कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले साझा सूचीमा रहेका कानुन निर्माणको क्रमलाई सरकारले चाँडो भन्दा चाँडो निकास दिने बताएका छन् ।

Advertisement

बिराटनगर विमानस्थलमा आज बिहान स्थानीय संचारकर्मीसंगको कुराकानीमा मन्त्री ढकालले बिषेश गरी प्रदेश र स्थानीय तहमा कर्मचारी संमायोजन र प्रहरी ऐन सम्बन्धी बिषयमा छिटो निकास दिन सरकारले आन्तरिक गृहकार्य शुरु गरिसकेको पनि जानकारी दिए ।

मन्त्री ढकालले भने ‘ प्रदेश सरकारको भावना र चहानालाई सरकारले बुझेको छ,’आवश्यक कानुन निर्माण गरी योथोचित समयमा प्रदेश सरकारको मागलाई सरकारले सम्बोधन गर्नेछ ।’उनले प्रदेश सरकारको माग र अहिलेको आवश्यकता अनुसार अतिरिक्त समस्याको रुपमा लिएर ती दुई बिषयलाई तत्काल समाधान गर्न लागि परेको जानकारी दिए ।

Advertisement

उनले संघले कानुन निर्माण नगरेको खण्डमा संविधानसंग बाँझिएर कुनैपनि कानुने निर्माण भएको खण्डमा भने स्वतः खारेज हुने बताए । मन्त्री ढकालले साझा सुचीमा रहेका अधिकारका कानुन निर्माणमा प्रदेश सरकारले संघलाई छिटो रुपमा कानुन निर्माण गर्न ध्यानाकर्षण गराएको मात्र जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top