शिक्षक–कर्मचारीको सामाजिक सञ्जाल निगरानी गर्दै शिक्षा मन्त्रालय

१५ कात्तिक ७५, शुक्रबार

काठमाडौँ,कात्तिक १६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल र मोबाइल फोन दुरुपयोग नियन्त्रणका लागि मार्गनिर्देशन जारी गरेको छ ।

‘सामाजिक सञ्जाल र मोबाइलको फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५’ जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जालको बढोत्तरीसँगै सार्वजनिक सेवा प्रवाहका कामकारवाहीबारे नकारात्मक टीकाटिप्पणी रोक्न कानूनी प्रबन्ध गरेको हो ।

Advertisement

सामाजिक सञ्जालको सही प्रयोग नहुँदा त्यसको दुरुपयोगबाट राष्ट्रसेवक कर्मचारी र शिक्षकको आचरणासमेत प्रश्न उठ्ने सम्भावना रहेकाले त्यस्ता दुरुपयोग नियन्त्रण गर्न सो मार्गनिर्देशन जारी भएको हो ।

शिक्षा मन्त्रालय र मातहतका निकायका सार्वजनिक सेवा प्रवाहका क्रममा भए गरेका काम कारवाही, प्रस्तावित नीति तथा कार्यक्रमजस्ता विषयमा अमर्यादित भाषामा टीकाटिप्पणी गर्ने, आन्तरिक विषय परिपक्व नहुँदै सार्वजनिक गर्ने तथा सरकारी नीतिविपरीतका भनाइ सामाजिक सञ्जालमा ‘पोष्ट’ गर्ने कार्यलाई मार्ग निर्देशनले निषेध गरेको छ ।

Advertisement

निर्देशिकाको उल्लङ्घन भएमा साइबर अपराध कानूनबमोजिम कारवाहीका सम्बन्धित निकायका लेखी पठाइनेसमेत उल्लेख गरिएको छ । यही कात्तिक १४ को शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलस्तरीय निर्णयबाट मार्ग निर्देशन जारी भएको मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले जानकारी दिए ।

छबुँदे उक्त मार्ग निर्देशनले सार्वजनिक सेवामा आबद्ध व्यक्तिको मानमर्दन हुनेगरी सञ्जालमा टीकाटिप्पणी गर्ने, सरुवा, बढुवा लगायतका विषयमा पक्ष÷विपक्षमा विभाजित भई मन्त्रालय र कर्मचारीबाट सामाजिक सञ्जालमा अभिव्यक्त हुने कार्यमाथि निगरानीका लागि मातहतका कार्यालयमा सान्दर्भिक शाखा र व्यक्तिलाई जिम्मेवारी दिइने जनाइएको छ ।

“सरकारको नीति, मन्त्रालय वा सरकारी निकायका निर्णय, प्रस्तावित नीति आफ्नो पेजमा आदानप्रदान (शेसर) गर्न र सकारात्मक टिप्पणी गर्न पाइनेछ ।” मार्ग निर्देशनमा भनिएको छ, “तर त्यस्ता विषयमा नकारात्मक टीकाटिप्पणी गर्न वा व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गर्न, नकारात्मक टिप्पणी लाइक गर्न तथा शेयर गर्ने कार्य निजामति कर्मचारी तथा विद्यालय एवं विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीको आचारसंहिता विपरीत हुने हुँदा त्यस्ता कार्यहरु गर्न पाइनेछैन ।”

सम्मानित र राजनीतिक व्यक्तित्वहरुको चरित्र हत्या गर्ने, कुनै दल वा सम्प्रदाय विशेषको पक्ष वा विपक्षमा विचार व्यक्त गर्ने, सरकारी सेवामा रहेका वा सेवा निवृत्त कर्मचारीका सम्बन्धमा प्रकाशित अप्रमाणित नकारात्मक समाचारमा टिप्पणी, त्यस्तो टिप्पणी र लाइक गर्न तथा सेयर गर्न मार्गनिर्देशनले रोक लगाइएको छ ।

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सामाजिक सञ्जालको प्रयोगको अनुगमन सम्बन्धित प्रधानध्यापकले गरी सोको अभिलेख राख्ने प्रबन्ध मार्गनिर्देशनले गरेको छ । शिक्षकले कक्षा कोठामा र शिक्षण सिकाइ क्रियाकलापलाई नकारात्मक प्रभाव पार्ने गरी कक्षाकोठाभित्र मोबाइल प्रयोग गर्न पनि रोक लगाइने उल्लेख छ ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले प्रधानमन्त्रीको स्वास्थ्यस्थितिका बारेमा समेत भ्रमित सूचना फैलाइएको सन्दर्भमा सामाजिक सञ्जाललाई सहीरुपमा प्रयोग गराउन खोज्नु स्वभाविक भएको प्रतिक्रिया दिए । उनले आफूहरुले विस्तृत अध्ययनपछि थप प्रतिक्रिया दिने जनाए।

मार्गनिर्देशनले सरकारी कार्यालयको आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्दा त्यससम्बन्धी कार्यविधि २०७४ ले निर्धारण गरेबमोजिम गर्न र कार्यालय समयमा बाधा पुग्ने गरी सञ्जाल प्रयोग नगर्न पनि सम्झाएको छ ।

प्रकाश सिलवाल /रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top