पाँच बर्षमा विश्व बैंकले २६३ अर्ब लगानी गर्ने, यस्ता हुनेछन् उपलब्धि

१६ कात्तिक ७५, शुक्रबार
Share this
713shares

काठमाडौं,कात्तिक १६
विश्व बैंक समुहले आगामी पाँच बर्ष्भित्र नेपालमा २६३ अर्ब रुपैंयाँ खर्च गर्ने भएको छ । विश्व बैंक समुहले तयार पारेको कन्ट्री पार्टनरशिप फ्रेमवर्क २०१९–२३ अवधीमा २३ वटा प्रोजेक्ट मार्फत सो मात्रामा लगानी गर्न लागेको हो ।

Advertisement

जस अन्तर्गत शिक्षाका ४ परियोजनामा ५३ करोड १० लाख डलर, कृषिका ४ परियोजनामा ४९ करोड ८० लाख डलर र उर्जाका ५ परियोजनामा ३४ करोड २० लाख डलर खर्च गर्नेछ । बाँकी रकम भने सडक , खानेपानी, शहरी विकास लगायतका पूर्वाधारमा लगाईने विश्व बैंक गु्रपले जनाएको छ ।

यस्ता छन् अपेक्षित उपलब्धि

Advertisement

आगामी पाँच बर्षपछि अर्थात सन २०२३ मा ९० प्रतिशत करदाताको सूचना वास्तविक समयमै प्राप्त हुने प्रणाली लागु गर्ने बताएको छ ।त्यस्तै, सातै प्रदेशमा लैंगिक समावेशी बजेट तर्जुमा हुने, २५ जिल्लामा जनसंख्याको दर्ता विद्युतिय प्रणालीबाट हुनेछ ।

त्यस बाहेक ५ लाख नागरिकमा आधुनिक विद्युतको पहुँच पुग्ने, ८५ प्रतिशत पुलहरु राम्रो अवस्थामा हुनेछ । ११ हजार साना उद्योग, ५ सय कृषक समुह र ६० हजार नागरिकहरुको वित्तिय पहुँच अभिवृद्धि हुनेछ ।

Advertisement

दिर्घकालिन पूँजी लगानीको क्रम १५ प्रतिशतले वृद्धि हुनेछ भने बजार पूँजीकरण ७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको योजना छ । निश्चित सिमा नाकाहरुबाट समान ढुवानीको समय सिमा २.३ दिनबाट घटेर १.५ दिनमा झर्नेछ । त्यस्तै, तोकिएका गन्तव्यहरुमा पर्यटकहरुको आगमन २० प्रतिशतले वृद्धि भैसक्ने प्रक्षेपण छ ।

विद्यालयको पहुँच बाहिर रहेकामध्ये २० प्रतिशत बालबालिका(५ देखि १६ बर्ष)लाई विद्यालयमा भर्ना गराइनेछ भने ११ लाख ८२ हजार घरधुरीमा खानेपानी तथा सरसफाईको सुबिधा विस्तार गराउनेछ । ७ लाख ५० हजार नागरिकमा आधुनिक स्वास्थ्य सेवा विस्तार हुने र ६ लाखलाई समाजिक सुरक्षा भत्ताको दायरामा ल्याइनेछ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top