हेटौँडा,कात्तिक १६
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मन्त्री पदबाट हटाएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकमा मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई गालीगलौज गरेका थिए । उनलाई कारबाही स्वरुप शुक्रबार पदबाट हटाईएको हो ।
पार्टीका उच्च नेतृत्वसँगको छलफलपछि पौडेलले सो निर्णय लिएका हुन् । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।