Nepal Times
Nepal Times
3
Shares

मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

विराटनगर, कार्तिक १६
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि शुक्रबार अपराहन्न थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी नेपाल बायु सेवा निगमको जहाजबाट उपचारका लागि आफ्नो निजि खर्चमा शुक्रबार अपराहन्न २ बजे थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

२ वर्षदेखि घाँटीको समस्याबाट पिडित मुख्यमन्त्री राईले स्वदेशका वीर अस्पताल त्रिवि शिक्षण अस्पताल, ग्राण्डी र नेपाल मेडासिटि अस्पताहरुमा स्वास्थ्य परीक्षण गराएपनि रोग पत्ता लाग्न नसकेपछि थाइल्याण्ड गएका हुन् ।

उनको थाइल्याण्डको राजधानी बैंकक स्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुनेछ । त्यहाँ उपचार पश्चात मुख्यमन्त्री राई आगामी कात्तिक २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको उनको निजि सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.