NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1xBet kz букмекерская контора в Казахстане обзор бк 1хБет, официальный веб-журнал 1xbet kz, отзывы инвесторов मङ्लबार माघ ६ , २०८२
Автокарбюраторщик Мелбет промокод: на данный момент при регистрации в 2025! मङ्लबार माघ ६ , २०८२
Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон मङ्लबार माघ ६ , २०८२
Футбольная народная бундеслига обзоры вдобавок результаты матчей, турнирные таблицы, плана, трансляции मङ्लबार माघ ६ , २०८२
Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

गौचन हत्यामा प्रयोग भएको पेस्तोल: मदिराको लतले समातिए कारोबारी

शुक्रबार मंसिर २९ , २०७४
Reading Time: 1 min read
A A
गौचन हत्यामा प्रयोग भएको पेस्तोल: मदिराको लतले समातिए कारोबारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

बारा – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा प्रयोग भएको पेस्तोल डेढ महिनाअघि नै काठमाडौं पुगेको रहस्य खुलेको छ ।दिनहुँ कडा चेक हुने वीरगन्जको गण्डक, बाराको जितपुर, पथलैया, हेटौंडा रातोमाटे, भीमफेदी, सिस्नेरी, दक्षिणकाली, ग्वार्को र बल्खुका चेक प्वाइन्टमा खटिएका प्रहरीलाई छलेर पेस्तोल काठमाडौंसम्म पुगेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

घटना अनुसन्धानका क्रममा हतियार व्यवस्थापन गर्ने पर्साका शिवजी महतोले भारत बिहारको बेतिया जिल्लाका मुकेशकुमार पाण्डेलाई पेस्तोल बुझाएका थिए ।

पाण्डेले असार अन्त्यतिरै पेस्तोल नारायगढमा श्यामबहादुर गुम्बेलाई बुझाएका थिए । गुम्बेले पाण्डेमार्फत महतोलाई ६५ हजार रुपैयाँ बुझाएका थिए । महतो नेपाल–भारत सीमा रक्सौलमा बसेर हतियार सप्लाई गर्ने र लागुऔषध बेचबिखनमा सक्रिय रहेको अनुसन्धानबाट खुलेसँगै गौचन हत्या अनुसन्धान गर्न बनाएको टोलीका दुई सदस्य अजय केसी र रुगम कुँवर बारा पुगेका थिए । उनीहरू बारामा दुई दिन बस्दा पनि महतोको सुराक नपाएपछि काठमाडौं फर्किएका थिए ।

LS Auto

बारा प्रहरीलाई महतोबारे जानकारी पहिला खासै थिएन । अनुसन्धान गर्दै जाँदा महतो रक्सीको लतमा लागेको खुल्यो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार महतोको एक जना साथीमार्फत उनी बसेको ठाउँ पत्ता लाग्यो कल डिटेल्समार्फत ।

महतो सहजै पक्राउ पर्ने थिएनन् । उनी पर्सा प्रहरीमा समेत खोजीको सूचीमा थिए । प्रहरी देखेपछि आफैंलाई पक्रन आएजस्तै लाग्थ्यो महतोलाई । बारा प्रहरीले सुरुको चरणमा महतोलाई उनकै साथीमार्फत वीरगन्ज बोलाउन लगायो । तर, महतो आएनन् । चार दिनपछि महतो मदिरा पिउन रक्सोल पुगे । सादा पोसाकमा खटिएको प्रहरीले महतोलाई समात्यो ।

महतो पक्राउ गर्न इलाका प्रहरी कार्यालय जितपुरका सई सागरशम्शेर राणाको टोली वीरगन्ज पुगेको थियो । राणा वीरगन्ज, नारायणी अञ्चल, मध्यक्षेत्रीय प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान ब्युरोमा बसेर सीमाका अपराधीबारे राम्रो दख्खल राख्ने सई मानिन्छन् ।

महतो पक्राउ गर्न राणालाई उचित पात्र ठाने प्रदेश नम्बर दुईका प्रमुख एआईजी विजयलाल कायस्थले ।महतोकै सहयोगमा गुरुङ र पाण्डे पक्राउ गर्न प्रहरीलाई सहज भयो । हतियारको विषयमा कुरा उठान भएलगत्तै मुकेशले तिघ्रामा टेपले बाँधेर हतियार नारायणगढसम्म पुर्‍याएको रहस्य खुल्यो ।

तीनै जनालाई एक रात जितपुरमा थुनेर सई राणा आफैं काठमाडौं पुगे । अनुसन्धान कार्यदलले महतो, पाण्डे र गुरुङबीचको फोन कनेक्सन थाहा पाएपछि नारायणगढबाट हतियार बुझ्ने श्यामबहादुर गुम्बेको कनेक्सन थाहा पाएको थियो ।

प्रहरीका अनुसार महतो कम बोल्थे । उनले कमिसनको चक्करमा हतियार बिक्री गरेको प्रहरी बयानमा खुलाएका छन् । गुम्बे पेस्तोल र मोटरसाइकल एकै पटक लिएर जान पर्सा पुगे पनि मोटरसाइकल चेकिङमा पर्ने भएपछि हतियार फेला पर्ने डरले नारायणगढमा पुगी हतियार बुझेर काठमाडौं फर्केका थिए ।

गौचन हत्यामा प्रयोग भएको हतियार र महतोले बिक्री गरेको हतियार एउटै भएको रहस्य तब खुल्यो जब महतोले हतियारको मुचुल्का सकारे । गौचनको असोज २३ गते शान्तिनगर ओमशान्ति चोकमा गोली हानी हत्या गरिएको थियो ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी मनोज नेउपानेले गौचन हत्या पैसाकै लागि रचिएको पुष्टि भएकाले मुख्य योजनाकार पक्राउ गरेसँगै फरार अभियुक्तको खोजी भइरहेको बताए ।उनले भने, ‘समिरमान सिंह बस्नेत पक्राउ परेपछि प्रहरीलाई फरार अभियुक्त पक्राउ गर्न थप सहज भएको छ । प्रहरी टोली लागिरहेको छ ।’

गुम्बे-समिर कनेक्सन

नारायणगढमा हतियार लिन पुगेका श्यामबहादुर गुम्बे र गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतको प्रत्यक्ष सम्पर्कमा रहेको खुलेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार हतियार खरिदको डिल गर्दादेखि काठमाडौंसम्म हतियार ल्याएर सुटरलाई दिँदासम्म बस्नेत र गुम्बेबीच सम्पर्क देखिएको छ ।

गुम्बे समिरको विश्वासिलो पात्रसमेत हुन् । गुम्बेले काठमाडौंमा हतियार ल्याएपछि बस्नेतसँगको सम्पर्कमा हतियार आइपुग्यो अब काम कहिले गर्ने भन्नेसम्म जानकारी गराएका थिए ।

लोकप्रीय

1xBet kz букмекерская контора в Казахстане обзор бк 1хБет, официальный веб-журнал 1xbet kz, отзывы инвесторов

मङ्लबार माघ ६ , २०८२

Автокарбюраторщик Мелбет промокод: на данный момент при регистрации в 2025!

मङ्लबार माघ ६ , २०८२

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२

विचार

1xBet kz букмекерская контора в Казахстане обзор бк 1хБет, официальный веб-журнал 1xbet kz, отзывы инвесторов

मङ्लबार माघ ६ , २०८२

Автокарбюраторщик Мелбет промокод: на данный момент при регистрации в 2025!

मङ्लबार माघ ६ , २०८२

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

1xBet kz букмекерская контора в Казахстане обзор бк 1хБет, официальный веб-журнал 1xbet kz, отзывы инвесторов

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Автокарбюраторщик Мелбет промокод: на данный момент при регистрации в 2025!

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Футбольная народная бундеслига обзоры вдобавок результаты матчей, турнирные таблицы, плана, трансляции

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता|| Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता|| Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1xBet kz букмекерская контора в Казахстане обзор бк 1хБет, официальный веб-журнал 1xbet kz, отзывы инвесторов

मङ्लबार माघ ६ , २०८२

Автокарбюраторщик Мелбет промокод: на данный момент при регистрации в 2025!

मङ्लबार माघ ६ , २०८२

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.