जाडोमा रुघाखोकी लागिरहन्छ ? त्यसो भए यी उपचार विधि अपनाउनुहोस्

१६ कात्तिक ७५, शनिबार

एजेन्सी,कात्तिक १६

जब चिसो सुरु हुन्छ, रुघाखोकीले सताउँछ । बाह्य चिसोलाई शरीरले थेग्न नसकेपछि हामीलाई रुघा लाग्छ । रुघा लागेपछि नाखबाट निरन्तर पातलो सिंगान र्झछ ।  यसले गर्दा हामीलाई काम गर्न असहज हुन्छ । रुघाको कारण ज्वरो पनि आउँछ भने निमोनियाको खतरा पनि बढाउँछ ।

किन यस्तो हुन्छ ?

Advertisement

चिसोमा रुघा लाग्नु सामान्य हो । तर, बारम्बार दोहोरिरहन्छ भने त्यसले जटिलता ल्याउँछ । चिसो मात्र होइन, धुलो र धूँवाको कारण पनि रुघा लाग्छ । यसलाई एलर्जिक रायनाइटिस भनिन्छ । यो एक प्रकारको एलर्जी हो ।

यसले नाकमा असर पार्ने गर्छ । पटक पटक हाँच्छिउ आउने, नाकबाट सिँगान बग्ने, नाक बन्द हुने, नाक चिलाउने, टाउको दुख्ने, आँखाको मुनी कालो बस्ने जस्ता समस्या हुन्छ ।

Advertisement

एलर्जिक रायनाइटिस हुने कारणहरु ः

-घरमा जमेको धुलो

-घासको परागको कण

-जनावरको रौं

-धुलो , धुवाँ, प्रदुषण

-अण्डा, दूध, दाल लगायतको खाद्य पदार्थ

एलर्जिक रायनाइटिसमा ज्वरो आउने वा जीउ दुख्ने लगायतको समस्या देखिदैन । नाकबाट निरन्तर बग्ने सिँगान पनि पहेलो नभई सेतो पानी पानी जस्तो हुन्छ । हाँच्छिउ पनि निरन्तर आउँछ । नाक , कन तथा घाँटीमा चिलाएजस्तो महसुस हुने तथा आँखाबाट पानी बग्ने गर्छ ।

यस्ता समस्या साधारण रुघाखोकीको तुलनामा लामो समयसम्म रहने गर्दछ । र, समयमै यस समस्याको समाधान नगरेको अवस्थामा यसले अन्य समस्याहरु समेत निम्त्याउन सक्छ । ती निम्न छन् ः

नाकभित्र गाँठो

नाक भित्रको छाला सुनिनएर त्यहाँ गाँठो परेमा त्यसलाई नोजल पोलिप्स भन्ने गरिन्छ । यस्तो पोलिप्स यति धेरै ठूलो हुनसक्छ कि यसले नाकको प्वाल टालेर सास फेर्नमा कठिनाई उत्पन्न हुनसक्छ ।

सायनुसाइटिस

नाकभित्र रहेको हड्डी वरिपरि खाली ठाउँ रहेको हुन्छ जसलाई सायनस भन्ने गरिन्छ । नाकबाट धेरै सिगान बग्नाले सायनसमा नाकको फोहर जम्ने गर्दछ जसले रगर्दा रोगको किटाणु उत्पन्न हुन सक्छ ।

दमरआज्मा

नाक सुनिनु, नाकबाट पानी बग्नु, नाक तथा घाटी चिलाउन जस्ता लक्षण लामो समयसम्म रहिरहे दम वा आज्मा हुनसक्दछ ।

कन्जिक्टिभाइटिस

आँखाका सेतो भागको माथिल्लो तहलाई कञ्जक्टिभा भन्ने गरिन्छ । एलर्जिक रायनाइटिसको असर कन्जिक्टिभाइटिसमा पनि हुनसक्छ । जसका कारण आँखा सुनिने, आँखा रातो हुने, आखा चिलाउने तथा आँखाबाटपानी बग्ने गर्छ ।

यस्तो समस्या भएमा कयौ मानिसहरु चिकित्सकको सल्लाह विना नै औषधीको सेवन गर्दछन् । जबकी एलर्जिक रायनाइटिस भएमा चिकित्सकको सल्लाह पछि मात्र औषधी खानु पर्छ ।

बच्ने उपाय

एलर्जिक रायनाइटिसका समस्या भएमा एलर्जी गराउने तत्वबाट सकेसम्म टाढा बस्नु उपर्युक्त हुन्छ । यसको लागि यी उपाय गर्न सकिन्छ ।

-रौं भएका जनावरबाट टाढा रहने । यस्ता जनावरलाई सुत्ने कोठाबाट टाढै राख्ने ।

-घरमा राखिएका पर्दा, तन्ना, ओढ्ने लगायतलाई धोएर सफा राख्ने ।

-सकेसम्म तकिया तथा गद्दालाई प्लाष्टिकले बधर राख्ने । पाच वर्ष भन्दा पुराना गद्दालाई बदल्ने। किनकी त्यस्ता गद्दामा धेरै भन्दा धेरै धुलो जमेर बसेको हुन्छ ।

-घरको साफसफाई गर्दा भ्याकुम क्लिनरको प्रयोग धेरै भन्दा धेरै गर्ने । घरका फर्निचर तथा भुई सफा गर्दा भिजेको कपडाले सफा गर्ने । किनकी भिजेको कपडाले भई सफा गर्दा धेला कम उड्नुका साथै जमेर बसेको धुलो राम्ररी सफा हुने गर्दछ ।

-त्यसबाहेक, घरका भित्तामा ढुसी लागेको छ भने त्यसलाई साबुन , पानी तथा ब्लीचले राम्ररी सफा गरेको खण्डमा पनि यस्ता समस्याबाट बच्न सकिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top