Nepal Times
Nepal Times
3
Shares

यस्तो देखियो कोटेश्वर–कलंकी सडकखण्ड(फोटो फिचर)

यस्तो देखियो कोटेश्वर–कलंकी सडकखण्ड(फोटो फिचर)

काठमाडौं, कार्तिक १६
कोटेश्वर–कलंकी सडक खण्डले अहिले नयाँ रुप लिएको छ । ८ लेनको सडकखण्ड पूरा हुने क्रममा रहेका बेला कालोपत्रे सकिएको स्थानलाई हेर्दा अहिले कुनै विदेशी सडक जस्तो झल्को आउन थालेको छ ।

सडक पूरा भएपछि कलङ्कीको जाम हटेर काठमाडौं उपत्यका बाहिर सहजरुपमा ओहोरदोहोर गर्न सकिने बिश्वास छ । एक अर्ब रुपैयाँको लगानीमा झण्डै १० किलोमिटर सडकखण्डको निर्माण आगामी दुई÷तीन महीना भित्रमा सम्पन्न गर्ने योजना निर्माण कम्पनीको छ ।

चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन गु्रपले काम गरिरहेको छ । परियोजनाको निर्माणका काममा पूरै प्राविधिक जनशक्ति चिनियाँ नागरिक नै छन् ।

अदक्ष कामदारमा भने नेपाली र चिनियाँ दुवै छन । नेपालमा पहिलो पटक निर्माण थालिएको आठ लेन सडकमा रेटेनिङ वाल, सवारी कुद्ने पुल र आकाशेपुल निर्माण सम्पन्न भई कालोपत्रेको काम भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.