पशुपतिनगर,कात्तिक १७
इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ ।
दक्षिणीमाई नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा हजुरबुबा देउमान नेम्वाङलाई बियरको बोतल प्रहार गरेका थिए ।
बोतल प्रहारबाट ६५ वर्षीय हजुरबुबा नेम्वाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।
रासस