पीपीएल : पोखराको जितसँगै बुटवल र विराटनगर लिगबाट बाहिर

पोखरा, कात्तिक १७
पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)अन्तर्गत आज भएको खेलमा पोखरा पल्टनले काठमाडौ रोयल्सलाई ४ विकेटले हराएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौले १९ ओभर एक बलमा एक सय तीन रनमा अलआउट भयो । खराब सुरुवात गरेको काठमाडौले १३ रन बनाउदा दुई विकेट गुमायो । उसका ओपनर जयकिशन कोल्सावाल र गौरव तमोरले खाता खोल्न सकेनन । त्यसपछि पनि उसले ४३ रन बनाउदा थप दुई विकेट खेर फाल्यो ।

अमित श्रेष्ठ २१ रनमा आउट भए भने पवन सराफ १२ रनमा पेभेलियन फर्किए । काठमाडौका कुनैपनि खेलाडीविच राम्रो साझेदारी हुन सकेन । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधकि ३१ रन बनाए । अघिल्लो खेलमा अर्धसतक प्रहार गरेका नरेश बुढाऐर ६ रनमा, आदिल खान सात, अमरसिंह रौटेला एक रनमा आउट भए । ९२ रन बनाउदा उसले नौ विकेट गुमाइसकेको थियो ।

Advertisement

बसन्त रेग्मी १९ रनमा अविजीत रहे । बलिङ तर्फ ललित राजवंशीले तीन तथा मोहम्मद नाभिद र रासिद खानले दुई दुई विकेट लिए ।

जवाफमा ब्याटिङमा उत्रिएको पोखरा पल्टनले १५ ओभर ५ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । १६ रनमा पहिलो विकेट गुमाएको पोखराले ४८ रन बनाउदा तीन विकेट खेर फालेको थियो । उसका लागि कुशल भुर्तेलले १४, आशिफ शेखले १६ रन बनाए भने विनोद भण्डारीले शुन्य रनमा आउट भए ।

Advertisement

त्यसपछि विदेशी खेलाडी रवीइन्दर सिंह र कप्तान शरद भेषवाकरलाई लगातार दुई बलमा अमरसिंह रौटेलाले आउट गरेपछि पोखराले ६९ रनमा ५ विकेट गुमायो । रवीले २२ रन बनाए भने मोहम्मद नाभिदले ३६ रन बनाए । बलिङमा अमरसिंह रौटेलाले तीन विकेट लिएका छन् ।

जितसँगै पोखरा लिगको शिर्ष स्थानमा पुगेको छ । पोखराको जितसँगैै बुटवल र विराटनगर पोखरा प्रिमियर लिगबाट बाहिरीएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top