पीपीएल : पराजित हुँदै प्रतियोगिताबाट विदा भयो विराटनगर, पोखरा फाइलनमा

१७ कात्तिक ७५, शनिबार
Share this
683shares

पोखरा, कात्तिक १७
पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो खेलमा चितवनले विराटनगरलार्ई ४ विकेटले पराजित गरेको छ ।पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ४५ रन बनायो ।

Advertisement

निकै राम्रो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्न सफल भयो । यो प्रतियोगितामा विराटनगरको यो अहिलेसम्मकै उच्च साझेदारी हो ।

पाकिस्तानी खेलाडी मुहम्मद जेइद आलम अर्धसतक बनाइ आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो । उनले ४७ बलमा छ चौका र दुई छक्का प्रहार गरे ।

Advertisement

त्यसपछि सुनिल धमला ब्यक्तिगत ४७ रनमा आउट भएपछि विराटनगरले एक सय १५ रनमा दोस्रो विकेट गुमायो । लगत्तै प्रदिप ऐरीपनि आउट भएपछि विराटनगरले तेस्रो विकेट खेर फाल्यो ।

पारीको अन्त्यतीर विराटनगरले एकपछि अर्को विकेट गुमायो । प्रदिप ऐरी ११ रनमा आउट भए भने एन्र्डु सुविक्सन चार रनमा पेभेलियन फर्किए । यस्तै राजु रिजालपनि मात्र ६ रनमा आउट भए ।

Advertisement

जवाफमा चितवनले १९ ओभर तीन बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । सुरुवात देखि नै दबावमा आएको चितवनले २८ रनमा तीन विकेट गुमायो ।

अनिल शाह १३ रनमा आउट भए भने हरिशंकर शाहले खाता खोल्न पाएनन् । लगत्तै कप्तान सात रनमा आउट भए । चौथो विकेटका लागि आरिफ शेख र स्मिथ पटेलले टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर स्मिथ पटेल २१ रनमा आउट भएपछि ६६ रनमा चौथो विकेट गुमायो । त्यसपछि सन्दिप लामिछानेले एकै ओभरमा दुई विकेट लिएपछि चितवन पुरै दबावमा आयो ।

आरिफ शेख ३५ रनमा आउट भएभने भुवन कार्कीले खाता खोल्न सकेनन । तर सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई जित दिलाए । उनले अविजीत ५० रन बनाए । यस्तै सोनु तामाङ अविजीत ११ रन बनाए ।

बलिङ तर्फ सन्दिप लामिछानेले चार विकेट लिए । उनले चार ओभरमा एक मेडेन राख्दै २५ रन खर्चिए । प्रतियोगिताको इलिमिनेटर खेल भोली हुनेछ ।

यो सँगै पोखरा पल्टन पोखरा प्रिमियर लिगको फाइलनमा पुगेको छ भने प्रतियोगिताको इलिमिनेटरका लागि चितवन र काठमाडौ रोयल्स विच प्रतिस्पर्धा हुने भएको छ ।

आजको खेलमा पोखराले काठमाडौलाई हराएपछि बुटवल र विराटनगर प्रतियोगिताबाट बाहिरीए भने । दोस्रो खेलमा चितवनले विराटनगरलाई हराएपछि धनगढी समान अंक भएपनि रन रेटका आधारमा चौथो हुँदै प्रतियोगिताबाट आउट भयो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top