अस्थायी शिक्षकको नतिजा तिहारपछि

१६ कात्तिक ७५, शनिबार

काठमाडौं,कार्तिक १७
अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा तिहारपछि मात्रै प्रकाशन थालिने भएको छ । धेरै विषय र तीन तहको नतिजा सार्वजनिक गर्नुपर्ने भएकाले तिहार अघि नै नतिजा सार्वजनिक गर्न नसकिने शिक्षक सेवा आयोगले प्रस्ट्याएको छ ।

तिहारअघि केही विषय र तहको नतिजा मात्र भएपनि सार्वजनिक गर्ने तयारी आयोगले गरेपनि त्यो सम्भव नहुने भएको हो । उत्तरपुस्तिका परीक्षण सकेर रुजु तथा पुनः परीक्षण भइरहेको भन्दै आयोगका प्रशासकिय प्रमुख डा.तुलसी थपलियाले बाँकी रहेको प्राविधिक काम यही गतिमा अघि बढे तिहार अघि नतिजा सार्वजनिक गर्न गाह्रो हुने बताए ।

धेरै जनशक्ति खुलातर्फको विज्ञापनमा खटाउनु परेकालेपनि आयोगले सोचेजस्तो काम गर्न नसकेको हो । अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो ।

Advertisement

परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो । शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो ।

यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top