पोखरा, कात्तिक १८
चितवन राइनोज पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग त्रिकेट प्रतियोगिताकोे फाइनलमा प्रवेश गरेको छ । इलिमिनेटरमा आइतबार हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन फाईनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा टस जितेर व्याटिङ रोजेको काठमाडौं रोयल्स सन्नी पटेलले एकै ओभरमा ३ विकेट लिएपछि धराशयीमा परेको थियो । काठमाडौँले १९.३ ओभरमा पुरै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको चितवनले १८.२ ओभरमा लक्ष्य पुरा र्गयो ।
चितवनले मंगलबार हुने फाइनलमा पोखरा पल्टनको सामना गर्नेछ । पोखरा राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रही सिधै फाइनलमा पुगिसकेको छ ।
चितवनलाई जिताउने क्रममा स्मित पटेलले ३८ रन बनाए । उनले ४३ बल खेली ३ चौका प्रहार गरे । आरिफ शेखले अविजित २० र सन्नीले अविजित ६ रन प्रहार गरे ।
चितवनको सुरुवात राम्रो रहेने । अनिल साह १ र कप्तान पारस खड्का २ रनमै आउट भए । ओपनर हरिशंकर साहले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २६ रन बनाए । काठमाडौंबाट सुशन भारीले ३ र पवन सर्राफले १ विकेट लिए ।
काठमाडौंले पहिलो ओभरमा आक्रामक सुरुवात गर्दै १५ रन बनाएको अवस्थामा दोस्रो ओभरमा सन्नीले अमित श्रेष्ठ, पवन सर्राफ र गौरव तोमारलाई आउट गरी चितवनलाई उत्कृष्ट पुनरागमन गराएका थिए।
काठमाडौंबाट जयकिस्नन् कोल्सावालाले २५ र कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए। ज्ञानेन्द्रले ३५ बल खेली २ चौका प्रहार गरे। खेलको एक मात्र छक्का प्रहार गरेर आदिल खान ८, बसन्त रेग्मी शुन्य, अमरसिंह रौटेला ९ र सुशन भारी ३ रनमा आउट भए।
सन्नीले ३ विकेट लिने क्रममा ४ ओभरमा ९ रन मात्रै खर्चिए। अर्का भारतीय खेलाडी स्मति पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए।
भुवन कार्कीले ३ ओभर बलिङ गर्दै १० खर्ची २ विकेट लिए। करण केसी र कप्तान पारस खड्काको नाममा १–१ विकेट रह्यो।