मेलम्चीको काम तीव्र गतिमा,काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने तयारी

१७ कात्तिक ७५, आइतबार

काठमाडौँ,कात्तिक १८

मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तीव्र गतिमा काम गरिरहेको छ ।  आयोजनाको बाँकीे काम पहिलेभन्दा तेब्बर गतिमा भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले बताए ।

‘मेलम्ची खानेपानीको काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने गरी ठेकेदार कम्पनीले दु्रत गतिमा काम गरिरहेको छ ।’ उनले भने, ‘पहिले दैनिक एकसय मिटर क्षेत्रमा काम भइरहेकामा अहिले दैनिक झण्डै तीनसय मिटरसरम्म काम भइरहेको छ । चाँडो काम सक्ने लक्ष्यका साथ सामग्री र कामदार दुवै बढाइएको छ ।’

Advertisement

दुई दशक पहिले शुरु गरिएको योजनाको काम अन्तिमचरणमा पुगेकाले अब लामो समय नलाग्ने उनको भनाइ छ । आयोजनाअन्तर्गत अन्तिम काम (फिनिसिङ) मात्रै बाँकी छ । सुरुङको केही भागमा हावा जाने ठाउँ र केहीमा द्वार(गेट) बनाउन बाँकी छ ।

पानी काठमाडौँ उपत्यकामा आएको एक दुई दिनमै परीक्षण गरेपछि नियमित रुपमा घरघरमा लगिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) प्रमुख महेश भट्टराईले बताए ।

Advertisement

मेलम्चीको खानेपानी भण्डारण गर्न केयूकेएलले उपत्यकामा ९ स्थानमा ठूला ट्याङ्की राखेको छ । ट्याङ्कीको क्षमता छ घण्टासम्म आएको पानी सङ्कलन गरेर राखिनेछ । यही ट्याङ्कीबाट विभिन्न पाइप हुँदै सेवाग्राहीका घरमा पानी पुग्नेछ । उनले भने, ‘‘ट्याङ्कीबाट पहिले मुख्य पाइपबाट प्राथमिक पाइप हुँदै सहायक पाइपबाट घरघरमा पानी पुग्छ ।’

ठूलो परिमाणमा पहिलो पटक पानी भित्रन लागेकाले त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर लिमिटेडले योजना बनाइरहेको छ । केयूकेएलका प्रमुख भट्टराईका अनुसार पानीलाई सर्वसाधारणको घरसम्म पुर्याउनका लागि एक हजार मिटर पाइप चक्रपथको वरपर बिच्छ्याउँदै गरिएको छ ।

नयाँ ट्याङ्कीबाट पानी परीक्षणका लागि केही महीना लाग्ने भएकाले पहिले पुरानो ट्याङ्कीबाट सङ्कलन गरेर पाइपबाट पानी वितरण गरिने छ । उनले भने, ‘नयाँ ट्याङ्की र पाइप सबै हिसाबले पानी पठाउन सही देखिएपछि नै पठाइनेछ ।’

परियोजनाले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसअन्तर्गत मेलम्ची नदीको मुहान निर्माण भएको छ । स्थानीय रिबर्मादेखि सुन्दरीजलसम्म करीब २६ किलोमिटर लामो सुरुङबाट दैनिक १७ करोड लिटर पानी उपत्यका भित्र्याउने लक्ष्य रहेको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट दैनिक १७/१७ करोड लिटर गरी जम्मा ५१ करोड लिटर पानी दैनिक काठमाडौँ उपत्यका भित्र्याउने दीर्घकालीन लक्ष्य आयोजनाको छ ।

सन् २००२ मा गरिएको प्रारम्भिक अनुमान अनुसार आयोजनाको जम्मा लागत ४६४ मिलियन युएस डलर छ । आयोजनामा नेपाल सरकारसँगै एशियाली विकास बैंक, विश्व बैक,जेबिक,नोराड, सिडा,ओपेकलगायतका संस्थाको पनि आर्थिक सहयोग रहेको छ ।

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top