भुटानमा ११ जनाको मन्त्रिपरिषद, दुई मन्त्री नेपाली भाषी

एजेन्सी,कात्तिक १८
भुटानमा दुईजना नेपाली भाषी मन्त्री चयन भएका छन् । सरकार गठन गर्न संसदमा बहुमत सिद्ध गरेको ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले नेपाली भाषी सांसद जयबीर राई र लोकनाथ शर्मालाई मन्त्री चयन गरेको हो ।

डिएनटीले शनिबार अपरान्ह राजधानी थिम्पुमा सार्वजनिक गरेको मन्त्रीपरिषद टिममा नेपाली भाषी सांसदहरू लोकनाथ शर्मालाई आर्थिक मामिला र जयबीर राईलाई शिक्षा मन्त्री नियुक्त गर्ने निर्णय भएको जनाएको हो ।

Advertisement

भुटानमा केही साताअघि सम्पन्न निर्वाचनमा संसदका ४७ स्थानमध्ये ३० स्थान जितेर डिएनटीले सरकार बनाउन बुहमत सिद्ध गरेको थियो । डिएनटीका ३० सांसदमध्ये ९ जना नेपाली भाषी छन् ।

यी हुन् नेपाली भाषी दुई मन्त्रीः
पार्टीले सभापति डा. लोटे छिरिङ प्रधानमन्त्रीसहित मन्त्रीपरिषदका ११ जनाको नाम सार्वजनिक गरेको छ ।

Advertisement

जसमा लोकनाथ शर्मा आर्थिक मामिला, जयबीर राई शिक्षा, उगेन दोर्जे श्रम तथा मानव संशाधन, कर्मा वाङदी सूचना तथा सञ्चार, डेचेन वाङमो स्वास्थ्य, दोर्जे छिरिङ मानव बसोबास, डाशो शेरुव ग्याल्तसेन गृह तथा संस्कृति, टाण्डी दोर्जे परराष्ट्र, नाम्गे छिरिङ अर्थ र येशे पिन्जोर कृषि तथा वन मन्त्री चयन भएका छन् ।

डिएनटीले आफ्नो सांसद संख्याको ३० प्रतिशत नेपाली भाषी रहेको विश्लेषण गर्दै ११ सदस्यीय मन्त्रीपरिषदमा २० प्रतिशत नेपालीलाई छुट्टयाएको हो । ११ जनाको मन्त्रीपरिषदमा एक जना महिला, डेचेन वाङमो स्वास्थ्य मन्त्री चयन भएकी छन् ।

४९ वर्षीय प्रधानमन्त्री छिरिङ बंगलादेश र अष्ट्रेलियामा अध्ययन गरेका चिकित्सक हुन्। ‘परिवर्तन आवश्यक छ भनेर हामीले धेरै गफ गर्यौं, तर अब आफैलाई पहिले परिवर्तन गरौं’, आफ्नो मन्त्रीपरिषद सार्वजनिक गर्दै प्रधानमन्त्री डा. लोटे छिरिङले थिम्पुमा भने, ‘हामी सधैं राजाको दृष्टिकोणबाट निर्देशित हुनेछौं ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top