×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026

सेयर बजारमा अनावश्यक चलखेल भए चुप लागेर बस्दैनौंः अर्थमन्त्री डा. खतिवडा

२१ कार्तिक २०७५

काठमाडौं,कात्तिक २१

सेयर लगानीकर्ता साथीहरु जसको आशमा मुलुक चलिरहेको छ । बधाई छ नेप्सेलाई अनलाईन ट्रेडिङ शुरु गराउनु भएकोमा । शुरु शुरुमा यस्तै हुन्छ । हामीले अनलाईन कर संकलन गर्दा पनि यस्तै हुन्छ । प्लेयरहरु पनि तयार भैसकेका हुन्नन् । कर्मचारी पनि तयार भैसकेका हुन्नन् । पूर्वाधार पनि पुरै चलाउन सक्ने अवस्थामा हुन्न फेरी पनि काम अघि बढाउनै पर्छ । त्यो भनेको असल सुरुवात हो ।

असल सुरुवातका लागि नेप्से र त्यसमा सहयोग गर्ने नियामक निकायहरुलाई धन्यवाद दिन चाहान्छु । हामी ई गर्भमेन्टको कुरा गर्दैछौं । ई गर्भमेन्टको कुरा गर्ने हामीले सरकारको मात्रै होइन, बिजनेश सेक्टरको र वित्तीय क्षेत्रको पनि ई गर्भमेन्टमा जोड दिएका छौं । त्यसको एउटा कडी हो यो अनलाईन सेयर कारोबार ।

कुनै बेला हामीले डिम्याट शुरु गर्दा त्यसको परिभाषा बुझ्न पनि धेरै साथीहरुलाई गाह्रो भयो । म्याट भनेको गुन्द्रि र डि भनेको के हो भनेर बुझ्ने अवस्था थियो डिम्याटलाई । हामीले वित्तिय साक्षरताको त्यो अवस्थाबाट आएर अनलाइन कारोबारसम्मको फड्को मारेका छौं । अब वित्तीय साक्षरता सृजना गर्न यसले सहयोग गर्न छ । सरकारले पुँजी बजारको वृद्धि र विकासका लागि गरेका कुराहरु मैले धेरै वटा फोरमहरुमा भनिसकेको छु । आज पनि म दुई चार वटा कुराहरु भन्न चाहान्छु ।

बजारका पूर्वाधारहरुको विकास गर्नुछ । पूर्वाधार भनेका धेरै कुराहरुका अतिरिक्त अनलाईन कारोबार पनि हो । बजारमा किनेबेच हुने वित्तिय उपकरणहरुको बिबिधिकरण पनि हो । किनबेच हुने ठाउँहरुको विविधिकरण हो र किनबेच प्रक्रियाको विविधिकरण पनि हो । अनलाईन कारोबार आरम्भ हुनु भनेको बजारको किनबेच प्रक्रियाको विविधिकरण हो । ठाउँको बिबिधिकरण र प्रडक्टहरुको विविधिकरणका बारेमा हामी थप छलफल गर्दै अघि बढ्नुपर्ने भएको छ ।

पुँजी बजार भन्नाले धितोपत्र बजार, धितोपत्र बजार भन्नाले सेयर बजार, सेयर बजार भन्नाले बैंक तथा वित्तीय संस्थाको बजार, त्यो भनेको इक्वीटीको बजार भएको छ । त्यसभित्र पनि बढी करोबार हुने निश्चित बैंक तथा वित्तिय संस्थाहरुको दैनिक कारोबार भएको छ । बण्डको कुरा छैन् । अरु प्रकारका वित्तिय औजारहरुको कुरा पनि छैन् । कमोडिटी मार्केटलाई व्यवस्थित गरिसकिएको छैन् । यस्ता धेरै कुराहरु सरकारले गर्नुपर्ने एजेण्डाका रुपमा रहेका छन् । एक्टरहरु थप्दै जाने कुरामा म्युचुअल फण्ड अघि बढाएका थियौं । तर त्यसले जति शसक्त रुप लिनुपर्ने हो त्यो लिन सकिरहेको छैन । भेञ्चर क्यापिटल र प्राइभेट ईक्वीटी, हेज फण्डका कुराहरु केहि अघि बढेका छन् । नियामावलीहरु बनिरहेका छन्, ती केहि समयभित्रै कार्यान्वयनमा आउँछन् ।

हामीले केहि संस्थागत सुधारका कामहरु पनि गर्नुपर्ने अवस्था छ । नेप्से एउटा स्वायत्त संस्थाका रुपमा अघि बढोस् । स्वायत्त ढंगले काम गरोस् । स्वार्थ बाझिने किसिमका कामहरु नहोउन् । यति गरिसकेपछि पनि हामीले अर्काे केहि कुराबारे सोच्नै पर्ने अवस्था छ । अघि यहाँ पनि कुरा उठ्यो । संस्थागत लगानीकर्ता आएनन् भनेर । केहि संस्थागत लगानीकर्ताहरुलाई मैले भनिसकेको छु, तपाईहरु सेयर बजारमा पनि लगानी गर्नुस् भनेर । अलिकति चासो देखाउनुस भनेर ।

अब अहिले सुरक्षित ११ प्रतिशतसम्म ब्याजमा निक्षेप पाएपछि दायाँ बायाँ हेर्ने उहाँहरुको त्यति मन छ जस्तो लाग्दैन । तर यो अवस्था अब लामो समयसम्म रहँदैन् । हामी कहाँ हरेक कुराको सिजनालीटी हुन्छ । तरलताको पनि सिजनालीटी भएको हो । पानी, दुधको पनि सिजनालीटी हुन्छ । तरकारीको भाउको पनि सिजनालीटी हुन्छ । धेरै सिजनालीटी हुन्छ जसमध्ये तरलताको पनि सिजनालीटी मात्रै भएको हो भन्ने अनुरोध गर्दछु ।

लगानीकर्तालाई आफ्नो पोर्टफोलियोमा सदुपयोग गर्नुस् भनेर संस्थागत लगानीकर्ता र वचत परिचालन गर्ने गैर बैंकिङ वित्तिय संस्थाहरुलाई अनुरोध गर्न चहान्छु । खास गरि ब्रोकर सर्भिसलाई हामीले व्यवस्थित गर्ने क्रममा बैंकिङ प्रणाली मार्फत नै सेटलमेन्ट हुने कुरालाई हामीले तत्कालै अघि बढाउनुपर्छ भन्ने महशुस गरेका छौं । त्यस्तो पूर्वाधारका बारेमा पनि हामीले थप छलफल गर्नुपर्ने महशुस गरेका छौं ।

बजेटबाट हामीले केहि कुरा गर्न खोजेका छौं । पुँजीगत लाभकरका सवालमा केहि दुबिधा थियो । त्यो पनि सिडिएस लागु हुनु भन्दा अघि लाभकर गणनाका सवालमा केहि असुबिधा थिए । रिफेरेन्स प्राईस नहुने, कारोबार रकम पनि निश्चित नहुने अवस्था थियो । सिडिएस अघिको अवधीलाई हामी गणना गरेर हामी छिट्टै निचोडमा पुग्दैछौं । हाम्रो तहमा मोटामोटी निर्णय भैसकेको छ । केहि दिनभित्रै कार्यान्वयन हुन्छ । पुँजीगत लाभकरका बिषयमा अब अन्यौल रहने छैन। अरु करका बिषयमा त हामीले बजेट मार्फत नै स्पष्ट पारिसकेका छौं, त्यसमा कुनै समस्या छैन।

अब अहिलेको बजारको प्रवृत्ति र हाम्रो आर्थिक क्रियाकलापका सन्दर्भमा म केहि जोड्न चाहान्छु । केहि दिन अघि बिराटनगरमा एक जना व्यवसायीले मलाई सोध्नुभयो, आर्थिक वृद्धि राम्रो भैरहेको छ, सेयरको मूल्य किन नबढेको ? मैले यो प्रश्नको उत्तर लगानीकर्तालाई सोध्नुस् भनिरहेको छु ।

हाम्रो औद्योगीक उत्पादन बढ्दैछ । उद्योगहरु पूर्ण क्षमतामा चल्दैछन् । आर्थिक वृद्धि निरन्तर तेश्रो बर्ष उच्च दर कायम भैरहेको छ । हाम्रो अनुमान त ८ प्रतिशत हो तर दातृ निकायहरुकै अध्ययनले पनि ६ प्रतिशत कायम हुनेछ भनेका छन् । औद्योगीक उत्पादन राम्रो छ, बैंक तथा वित्तीय संस्थाहरुको मुनाफाहरुको स्थिति पनि राम्रो छ । रिनर्ट अन ईक्वीटीकै कुरा गर्ने हो भने त अलि फरक हो । अब हकप्रद सेयर पनि लिने, बोनस सेयर पनि लिने अनि रिटर्न अन ईक्वीटी पनि हिजो भन्दा राम्रो होस भन्ने हो भने त चाटर्डले भनिदिनु पर्यो । म अलि कुरा बुझ्दिन ।

सेयर लगानीकर्ताको वेल्थ क्रियसन(सम्पति बढेको) भएको छ । सम्पति बढेकै छ । त्यो म दावी नै गर्छु । सम्पति बढेको कुरालाई मैले सकारात्मक रुपमा लिएको छु । बैंकिङ सेवा व्यवसायहरु बढेका छन् । व्यवसायहरुको बिबिधिकरण बढेको छ । पर्यटन क्षेत्र विस्तारित हुँदै गएको छ । आर्थिक क्रियाकलापहरुमा भैरहेका विस्तारहरु सेयर बजारमा पनि प्रतिबिम्बित हुनुपर्दछ हाम्रो मान्यता यहि हो । धानकै मात्र उत्पादन बढेर सेयरको मूल्य किन बढेन भन्नु गलत होला । तर सेयरसँग सम्बन्धित व्यवसायहरुकै वृद्धि भैरहँदा पनि सेयर बजार नबढ्नु चाँही राम्रो होइन ।

सेयरसँग योगदान दिने कम्पनीको सुधार, मुनाफा वृद्धि हुँदा सेयर बजारसँग पनि सम्बन्ध हुनुपर्छ । त्यो सम्बन्ध तल माथी हुन थाल्यो भने अर्थमन्त्रालय र नियामक निकायहरुले हेर्छन् । बजारका प्लेयरहरु स्वस्थ भएनन् की ? बजारको संरचना स्वस्थ भएन की ? बजारको सूचना प्रणाली ठिक भएन की ? सूचना लिने र दिनेहरुका बीचमा पनि सम्वाद भएन की ? या कुनै एक किसिमले तत्कालिन सट्टेवाजीको प्रवृत्ति पो अघि बढ्यो की ? बजारलाई अलि अर्कै प्रकारले प्रभाव पार्ने बिषय पो हुन थाल्यो की ? भनेर हामी अलिकति कान ठाडो पार्छाै । त्यो बेला तपाईहरुले बीचबीचमा हामीलाई झकझक्याई दिनु होला ।

अघि एक जनाले साथीले भन्नुभयो, ओपन हाउस क्राईबाट हामी अनलाईन कारोबारमा पुग्यौं भनेर । त्यो ओपन हाउस क्राई चाँही स्क्रिन वा पर्दा तिर नहेरेर बोर्ड तिर हेरेर गरिन्थ्यो । अहिले ओपन आउट क्राई चाँही मूल्य तलमाथी भयो की अर्थमन्त्रालय तिर हेर्न थालियो । त्यसो नगरि दिनु होला, ओपन आउट क्राई पनि बोर्ड तिरै हेरेर गर्ने हो अर्थमन्त्रालय तिर होइन ।

सेयर बजारको समस्या नजिकबाट सुन्ने र बुझ्नेहरुमध्ये म पनि पर्छु । यी सबै समस्याहरुको समाधान हामी सँगै बसेर गर्ने हो । वित्तीय विश्लेषण गरेर लगानी गर्नु होला । तिहारको शुभकामना त छदैँ छ, साथमा लक्ष्मी पुजासँगै कम्पनीको बासलात हेरेर, नाफा नोक्सान हेरेर, प्रोफाइल हेरेर लगानी गरौं । लक्ष्मी पुजाले श्रद्धा त हुन्छ तर सेयरको मूल्य वृद्धि हुँदैन। लक्ष्मीले लगानीकर्तालाई साथ दिउन । लगानीकर्ताहरुको वेल्थ क्रियसन भयो भने मुलुकको वेल्थ क्रियसन हुन्छ । त्यसपछि पुँजीगत लाभकर लगाउन पाउँछौं पनि (अनलाईन सेयर कारोबार आरम्भ कार्यक्रममा व्यक्त गरेको विचार/विकास न्युजबाट )

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top