Nepal Times
Nepal Times
3
Shares

चुरोट पिउन रोके झोँकमा महिलाको हत्या

चुरोट पिउन रोके झोँकमा महिलाको हत्या

एजेन्सी, कात्तिक २५
छेउमा बसेर चुरोट पिउन नदिएको भन्दै भारतमा एक महिलाको घाटी थिचेर हत्या भएको छ । दैनिक हिन्दुस्तानका अनुसार अमृतसरबाट टाटानगर जाने जलियान्वाला बाग एक्सप्रेसमा यो घटना भएको हो । आफ्नो परिवारसँग ट्रेनमा यात्रा गरिरहेकी चिन्तादेवीले सोही कम्पार्टमेन्टमा चुरोट तानिरहेका युवकलाई चुरोट पिउन रोकेकी थिइन् ।

त्यसपछि आक्रोशित बनेका युवकले चिन्तादेवीमाथि कुटपिट गर्न थाले । चिन्तादेवी भुईंमा लडेपछि ती युवकले आफ्नो खुट्टाले उनको घाँटी थिचेर हत्या गरेका हुन् । बिहारको रोहतास जिल्लाकी चिन्तादेवी पन्जाबमा परिवारसँगै एक फ्याक्ट्रीमा काम गर्थिन् । छठ पूजाका लागि उनी गाउँ जाँदै थिइन् ।

बरेलीको छेउमा भएको यो घटनापछि जनरल कोचमा खैलाबैला मच्चियो । सूचना पाउनेबित्तिकै जीआरपीले शाहजहाँपुरमा ट्रेन रोक्न लगाएर महिलालाई अस्पताल पठाएका थिए, जहाँ उनलाई मृत घोषित गरियो । जीआरपीले आरोपितलाई गिरफ्तार गरी जेल पठाइदिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.