मालिकको मृत्यु भएकै अति व्यस्त सडकमा विगत ८० दिनदेखि कुरिरहेको कुकुर (भिडियो)

२७ कात्तिक ७५, मंगलबार
Share this
740shares

एजेन्सी, कात्तिक २७
मंगोलियामा एउटा यस्तो कुकुर जो ब्यस्त सडकमा विगत ८० दिनदेखि आफ्ना मालिकलाई सडकमा कुरिरहेको छ जहाँ उनको मृत्यु भएको थियो ।

Advertisement

भित्री मंगोलियाको होहोट नामको सडकको बीचमा यताउती हेरेर बसिरहेको छ भिडियो माइक्रोब्लग सिना वेइबोमा पोष्ट गरिएको छ । गत अगस्त २१ तारिखमा मालिकको मृत्यु भएको दिनदेखि उक्त कुकुरलाई प्रत्येक दिन त्यहि ठाउँमा देखिएको जनाईएको छ ।

एक ट्याक्सी ड्राइभरका अनुसार मानिसहरुले सहयोग गर्न खोदा उक्त कुकुर भागिहाल्छ । उनले भने – ‘हामी ड्राइभरहरुले उसलाई थोरै खानेकुरा दिन्छौं तर बाहिर निस्कने बित्तिक्कै ऊ भागिहाल्छ’।

Advertisement

उनका अनुसार कुकुरको आफ्नो मालिकसँग निकै गहिरो सम्बन्ध थियो । ती महिलाको मृत्यु भएदेखिको यो कुकुर यहिँ बसिराख्छ । नोभेम्बर १० तारिखमा सिना वेइबोमा सेयर गरिएको कुकुरको उक्त भिडियोमा मानिसहरुले कुकुरको इमान्दारिताबारे चर्चा गरिरहेका छन् ।

https://youtu.be/3brcV0NoJ3M

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top